Home / News / समाचार / अमेरिकी आर्मी हुँ भन्दै युवतीलाई मायाजालमा फसाउँने विष्णुकुमार यसरी पुगे प्रहरी खोरमा

अमेरिकी आर्मी हुँ भन्दै युवतीलाई मायाजालमा फसाउँने विष्णुकुमार यसरी पुगे प्रहरी खोरमा

Jiban_Tamanचैत ११ । लुटेराका पनि विभिन्न उपाय हुन्छन् । त्यस्तै नयाँ उपाय अपनाएर लुट्दै हिड्ने एक जना प्रहरी फन्दामा परेका छन् । अमेरिकी आर्मी हुँ भन्दै दर्जनौं युवतीलाई मायाजालमा फसाएर करोडौं ठग्ने २७ वर्षीय विष्णु कुमार तामाङ भनिने जिवन तमाङ प्रकाउ परेका हुन् । उनले आफूलाई अमित, विष्णु कुमार लगायतका अनेक नामबाट चिनाउने गरेका थिए । अहिलेसम्म सात महिलाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी गरिसकेका छन् ।

उनले फेसबुकमै फोटोसपमार्फत डिजाईन गरिएको अमेरिकन आर्मीसँग विदाई भएको, राष्ट्रपति बाराक ओबामासँग हात मिलाएको, राष्ट्रसंघका महासचिव वान कि मुनसँगको फोटो पठाइ महिलाहरुलाई प्रभावित पारी आफ्नो जालमा पार्ने गर्थे ।

प्रहरीका अनुसार उनले विभिन्न महिलाहरुलाई फ्रेण्ड रिक्वेक्ट पठाउने र रिक्वेक्ट स्विकारेपछि आफू अमेरिकन आर्मी हु भन्दै कुरा गर्थे । कुराकानीका क्रममा उनले विवाहको प्रस्ताव राख्ने र बिहे गरेर अमेरिका लैजाने बाचा समेत गर्ने गर्थे । यसरी महिलाहरुलाई प्रभावित पारेर विभिन्न बहानामा रकम मागेर फसाउने र केही दिनपछि विभिन्न बहाना बनाएर तत्काल टाढिने गर्थे ।

अनुन्धान अनुसार केटीको शरीरमा हात नलाउने तर पैसाको लागि मात्र यस्तो गर्ने गरेको बताइएको छ । पीडितले दिएको उजुरीको आधारमा बुधबार प्रहरीले उनलाई राजधानीको सामाखुसीबाट पक्राउ गरेको हो ।

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *