Home / News / साता सुन्दरी / सेफ सेक्समा ऐट्नाको जोड

सेफ सेक्समा ऐट्नाको जोड

२४ वETana Karkeeर्ष टेक्दै गरेकी हिस्सी मोडर्न लेडी । नेपाली गीतका म्युजिक भिडियोकी नायिका । विभिन्न प्रोडक्टकी मोडलसमेत

। यस्तै परिचय बोकेकी एक मोडलको नाम हो– ऐट्ना कार्की । काठमाडौं नयाँ बानेश्वरकी स्थायी बासिन्दा ऐट्ना हाल न्यूयोर्कमा बस्छिन् । सन् २००७ मा मिस राजधानीको ताज जितेपछि ग्ल्यामर फिल्डमा हब्बीका रुपमा लागेकी ऐट्नाको जिन्दगी ऐनाजस्तै छर्लङ्ग छ । आफ्नो जिन्दगीमा कहिले पनि ढाँट्न नजानेको उनी बताउँछिन् । जिन्दगीका हर अनुभव भोगिसकेको बताउने उनी जिन्दगीलाई मीठो अनुभव भन्न चुक्दिनन् ।

ऐट्ना नेपालमा रहेका बेला अक्सर मोडलिङमा व्यस्त हुने गर्थिन् । फुर्सदमा बढी स्विमिङ गर्ने हब्बी बताउने उनलाई नेपाली तथा विदेशी फिल्मबाट नायिकामा अफर नआएको पनि होइन । टाइम दिन नसकेका कारण काम गर्न नसकिरहेको यथार्थ पऐट्नाले बताइन् । उनको भावी लक्ष्य फिल्मी नायिका पनि बन्नु हो । तर, पोलिटिक्समा आउने उनको कुनै चाहना छैन ।

पाँच वर्षपछि मात्र विवाह गर्ने मुडमा रहेकी उनी अन्तरजातीय विवाह रुचाउँछिन् । अन्तरजातीय विवाहबाट जातीय समानता आउने तथा यस्तो विवाहबाट जन्मिने सन्तान बढी ट्यालेन्ट हुने भएबाट पनि उनी यस विवाहमा आकर्षित बनेकी हुन् । विवाहचाहिं सकभर नेपालीसँग नै गर्ने दृढसंकल्प उनको रहेको छ । तर पनि भविष्यको कुरा अहिले नै भन्न नसक्ने अवस्थामा आम मानिसजस्तै उनी रहेकी छन् । अनुभवको कुरामा जिन्दगीका हर अनुभव उनमा रहेको छ । नेपालमा रहँदा नै प्रेमीसँग सेक्सको प्रचुर अनुभव लिएको खुलासा गर्ने उनी सेक्सलाई ‘नर्मल’ नै ठान्छिन् । सेक्सले लाइफलाई ऊर्जा थप्ने भएकाले यसबारेमा खुलेर कुरा गर्दा फरक नपर्ने उनले बताएकी छन् ।

कुनैबेला हरेक दिन सेक्सका फिल्म नहेरिकन निद्रा नै नलाग्ने गरेको बताउने उनी हाल अमेरिकामा आएयता निकै व्यस्त हुने गरेकाले त्यस बानीमा कमी आएको बताउँछिन् । यदाकदा राम्रो फिल्म भएमा फुर्सदमा मुड फ्रेस गर्न हेर्ने गरेको उनले भनेकी छन् । अमेरिकामा सेक्स लाइफका बारेमा भने खासै खुल्न चाहिनन् उनी । उनले यस
मा आफूलाई अनुभव भएकाले धेरै कुरा भनिरहन नपर्ने बताइन् । उनले सेक्स अनुभवलाई यसरी दाँजिन्– ‘पहिलो सेक्स अनुभव बढी खुल्दुली र पछि धेरै रमाइलो ।’

मन मिलेपछि स्वाभाविक सेक्स भन्न रुचाउने उनले यसलाई खेलबाडका रुपमा लिन नहुने र सानो भूलले पनि जिन्दगीमा धेरै समस्या आउने भएकाले यसतर्फ स्वदेश तथा विदेशमा हुने नेपाली तन्नेरीहरुले ध्यान पु¥याउन आवश्यक भएको राय व्यक्त गरिन् । सेक्समा ‘सेफ’ हुनुपर्छ र सेफर सेक्सबारे सबैमा चेतनाको आवश्यकता रहेको कुरामा उनले जोड दिइन् ।

– स्मृत

Check Also

shilpa pokhreelll

शिल्पा पोखरेल भन्छिन्– आलोचना पचाउन सक्छु

नायिका शिल्पा पोख्रेलले अभिनय गरेको चलचित्र वृन्दावन भदौमा रिलिज हुने भएको छ । वृन्दावनमा उनी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *