Home / News / समाचार / शेरबहादुरलाई सभापतिमा प्रस्ताव गरेका गुरुङ यसकारण भए असन्तुष्ट

शेरबहादुरलाई सभापतिमा प्रस्ताव गरेका गुरुङ यसकारण भए असन्तुष्ट

KB-gurungचैत १२ । कांग्रेस नेता कुलबहादुर गुरुङले आफूलाई पार्टीको वरिष्ठ नेता दिने सहमतिपछि तेह्रौ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा प्रस्ताव गरेको बताएका छन् ।
तेह्रौँ महाधिवेशनपछि बसेको कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठकमा कनिष्टभन्दा पछाडि राखेपछि गुरुङ रुष्ट देखिएको आजको अन्नपूर्णमा समाचार छ । ‘मलाई वरिष्ठ नेता बनाउने सहमतिपछि मैले शेरबहादुरजीलाई सभापतिमा प्रस्ताव गरेको हुँ’ नेता गुरुङले भने त्यो छिटो कार्यान्वयन हुनेमा म विश्वस्त छु ।’
महाधिवेशनअघि संस्थापनका नेता गुरुङले देउवालाई समर्थन गरी उनलाई सभापतिमा प्रस्ताव गरेका थिए । गुरुङले आफूसहित पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, केन्द्रीय सदस्यहरु विनयध्वज चन्द, लक्षमणप्रसाद घिमिरे र नेता लोकेश ढकाललाई पनि देउवा समूहमा प्रवेश गराएका थिए ।
गुरुङका अनुसार देउवाले केन्द्रीय समितिमा चार सदस्य मनोनित गर्न र वरिष्ठ नेता दिने सहमति गरेका थिए । उनले सहमति अनुसार अब तीनजना मनोनित हुनपर्ने उल्लेख गरे ।

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *