Home / News / समाचार / चैत्र मसान्तपछि मधेश आन्दोलन चर्काउने उपेन्द्रले राजधानीबाटै यसरी दिए चेतावनी

चैत्र मसान्तपछि मधेश आन्दोलन चर्काउने उपेन्द्रले राजधानीबाटै यसरी दिए चेतावनी

upendra yadavचैत १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा गरेको सम्झौताको धेरैतिरबाट सकारात्मक प्रतिक्रिया आइरहेका बेला संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने चीनसँग भएको दश बुँदे सम्झौताको आलोचना गरेका छन् । उनले सम्झौता कुनै नयाँ नभएको भनि टिप्पणीसमेत गरे । सामान्य बिषयलाई आवश्यकता भन्दा बढी प्रचार गरी भ्रम सिर्जना गर्नुको तुक नरहेको उनले आरोप थियो । ‘ओलीको खुबीसँग प्रभावित भएर चीनले सम्झौता वा सहयोग गरेको होइन’, शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा यादवले भने, ‘चीनले गर्न सक्ने सहयोग धेरै छन्, त्यो लिन सक्ने सरकारसँग न त्यत्रो भाडो छ, न त त्यसको सदुपयोग गर्न सक्ने क्षमता । सरकारले फुर्ति नदेखाए हुन्छ ।’ नेपालको संविधानलाई चीनले स्वागत गर्यो नि भन्ने प्रश्नमा यादवले भने, ‘त्रुटिपूर्ण संविधानप्रति असन्तुष्ट रहेका बृहत् जनताले संविधानको स्वामित्व ग्रहण नगर्दासम्म, संविधानलाई नस्वीकार्दासम्म कसैले स्वागत गर्दैमा हामीलाई कुनै फरक पर्दैन ।’ विभेदकारी संविधान नसच्चिएसम्म नेपालमा स्थिरता कायम हुन नसक्ने उनले बताए । ‘सरकारले जे गरेपनि, जसलाई गुहारे पनि असन्तुष्ट जनताको माग सम्बोधन हुने गरी संविधानको पुनर्लेखन नहुँदासम्म समाधान सम्भव छैन’– यादवले भने । अध्यक्ष यादवले पछिल्लो मधेस आन्दोलनले शासक वर्गको ढाड भाचिसकेको जिकिर गर्दै चैत्र मसान्तपछि उठ्ने आन्दोलनको आँधीबेरीले विभेदको जरा उखेलेर फाल्ने चेतावनी दिए । मधेसी, जनजाति र थारु लगायत बहुसंख्यक जनताले अस्वीकार गरिसकेको संविधान कार्यान्वयन हुनै नसक्ने अध्यक्ष यादवले ठोकुवा गरेका गरे । ‘माग सम्बोधनका लागि हामीले चैत्र मसान्तसम्म सरकारलाई अल्टिमेटम दिएका छौं, त्यो नभए चैत्र मसान्तपछि हिमाल, पहाड र मधेसबाट एकसाथ आन्दोलनको विगुल फुक्दै छौं ।

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *