Home / News / समाचार / हाई सोल्टीनी भन्दै लभ परेकी भेनिसा एउटै बेडमा दुईजनासँग शरिर सुम्पन तयार नहुदा मुत्युको मुखमा

हाई सोल्टीनी भन्दै लभ परेकी भेनिसा एउटै बेडमा दुईजनासँग शरिर सुम्पन तयार नहुदा मुत्युको मुखमा

Venisha-Limbu-Dhankuta-Finalचैत १२ । भेनिसाको हत्यामा नयाँ रहस्य पत्ता लागेको छ । पछिल्लो अनुसन्धानले धनकुटा स्थायी घर भएकी भेनिसाले एउटै बेडमा दुईजनासँग शरिर सुम्पन तयार नभएपछि हत्या भएको रहस्य खुलेको छ । राजन राईसँग फेसबुकमार्फत सम्वन्ध विस्तार भएकी भेनिसाको मृत्यु निकै अकल्पनीय भएको छ । भेनिसा लिम्वु र राजन राई फेसबुकमा साथी बनेको करिब तिन महिना भएको थियो । ‘हाई सोल्टीनी’ भन्दै च्याटिङ शुरु गरेका राजन बारम्बार म्यासेन्जरमार्फत भेनिसाको सम्पर्कमा रहे । भेनिसाले उनको म्यासेज बक्सम खस्ने हरेक प्रश्नको उत्तर दिइरहिन् । गएको फागुन ८ गते राजनले भेनिसासँग डराई–डराई मोवाईल नम्बर मागे । भेनिसाले केहि मिनेटमै नम्बर दिईन् । त्यतिबेला दिउँसोको तीन बजेको थियो, भेनिसा कपनमा थिईन् । नम्बर पाउनासाथ राजनले फोन गरेर बौद्धमा भेट्ने प्रस्ताव राखे ।

भेनिसा तयार भएर भएर बौद्ध गेटमा पुगिन् । राजनले उनलाई कतै बसेर चिया खाऔं भन्दै ‘आजी’ नामको भट्टि पसलमा पुर्याए । भट्टि पसलमा राजनका साथीहरु सनि लामा र सजित लामा पनि सँगै थिए । प्रहरीकाअनुसार अर्का एक फरार अभियुक्त पनि सोही भट्टिमा थिए । सबैले मापसे गरे, भेनिसाले चिया पिउँदै केटाहरुका कुरा सुनिन् ।

भट्टिमा सँगै मापसे गरेका फरार अभियुक्त कारमा हिँड्थे । करिब ६ बजेपछि सबैले डिस्को गएर रमाइलो गर्ने सल्लाह गर्दै भट्टि पसलबाट बाहिरिए ।

त्यो साँझ ११ बजेसम्म उनीहरु ठमेलको हार्ड रक नामक डिस्कोमा नाचेका थिए । पहिले चिया खाएकी भेनिसालाई केटाहरुले कर गरेर बियर खुवाए । बियर खाँदा उीहरुले भेनिसालाई पकट–पटक किस खाए, हक गरे । एघार बजेपछि उनीहरु फरार अभियुक्तको गाडीमा निस्किए । फरार अभियुक्तले सजित लामा र राजन राईलाई बौद्ध गेटमा लगेर छाडिदिए । सनी र भेनिसालाई आफ्नो अपार्टमेन्टमा लिएर गए ।

अपार्टमेन्टमा पुगेपछि फरार अभियुक्तले सनि र भेनिसालाई एउटा कोठामा सुत्न भने, उनी आफ्नै कोठामा छिरे । २८ वर्षीय सनि लामाले भेनिसासँग बसेर थप एक बोतल बियर खाएर पहिलो पटक शारिरीक सम्पर्क गरे । अर्को कोठामा सुत्न गएका फरार अभियुक्तले ढोका ढक्ढक्याएपछि सनिले ढोका खोले । फरार अभियुक्तले भेनिसासँग सेक्स गर्ने मनशायले सनी लामालाई कोठा बाहिर जान आग्रह गरेपछि उनीहरु दुई बिच केहीबेर विवाद भयो । त्यतिन्जेल रातको करिब १२ बजिसकेको थियो ।
फरार अभियुक्तले भेनिसालाई जबर्जस्ती करणी गर्न खोजे, तर एउटै बेडमा दुईजनासँग शरिर सुम्पन भेनिसा तयार भइनन् । भेनिसा ट्वाईलेटमा पसिन्, सनीको साथी फरार अभियुक्तले तान्न थाले । केहिबेर तानातान हुँदा फरार अभियुक्तले ट्वाईलेटको झ्यालबाट भेनिसालाई धकेलिदिए । भेनिसा छ तल्लामाथिको अपार्टमेन्टबाट भुइँमा पछारिइन् । त्यतिन्जेल भेनिसाको श्वास गैसकेको थिएन् । धुकधुकीको भरमा बाँच्न विवश भेनिसालाई सनी र फरार अभियुक्तले पुनः गाडीमा राखे तर हस्पिटल लगेनन् । नगरकोट जाने भन्दै उनीहरुले गाडी अगाडी बढाए, कोटेश्वर नकाट्दै भेनिसाले संसार छाडीसकेकी थिईन् । उनीहरुले भेनिसाको शवलाई नगरकोट जाने बाटोमुनि बाँसघारीमा फालेर फर्किए । त्यतिन्जेल बिहानको तीन बज्न लागिसकेको थियो । फरार अभियुक्तले सनी लामालाई उनको घरसम्म लगेर छाडिदिए ।

Check Also

1-final

न्यूयोर्कस्थित ज्याक्सन हाइट्स घृणा अपराध मुक्त क्षेत्र घोषणा

न्यूयोर्क । डिसेम्बर २, शुक्रबार साँझ न्यूयोर्कस्थित आप्रवासीको बाक्लो बस्ती ज्याक्सन हाइट्सलाई ‘घृणा अपराध मुक्त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *