Home / News / समाचार / श्रीमान् विदेशमा, छोरासहित श्रीमतीले किन गरिन आत्महत्या ?

श्रीमान् विदेशमा, छोरासहित श्रीमतीले किन गरिन आत्महत्या ?

sinkचैत १२ । वाकु–३ सोलुखुम्बुकी ३० वर्षीया सुमित्रा राईले ९ वर्षीय छोरालाई साथमा लिएर खोलामा हाम फाली आत्महत्या गरेकी छन् ।

श्रीमान् वैदेशिक रोजगारमा रहेका सुमित्राले छोरालाई साथमै लिएर इङ्खु खोलामा हाम फालेकी हुन् । गत शुक्रबार इङ्खु खोलाको किनारमा आमाछोराको शव भेटेपछि अनुसन्धान थालेको प्रहरीले सुमित्राले आत्महत्या गरेको निष्कर्ष निकालेको हो ।

शव परीक्षणको प्रतिवेदन र अन्य स्थलगत अवस्थालाई विश्लेषण गर्दा सुमित्राले छोरालाई पनि साथमै लिएर खोलामा हाम फाली आत्महत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *