Home / News / अन्तर्राष्ट्रिय / होली मनाउँदा तीसको मृत्यु

होली मनाउँदा तीसको मृत्यु

holi-bgचैत १२ । होली मनाउने क्रममा भएको दङ्गामा परी उत्तरी भारतीय राज्यमा कम्तीमा पनि ३० व्यक्तिको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका छन् । राज्यद्वारा सञ्चालित अल इन्डिया रेडियो (एआइआर) ले शुक्रबार  यो जानकारी दिएको हो ।

भारतीय राज्य उत्तर प्रदेशका विभिन्न भागमा भएको घटनामा ती व्यक्तिहरू मारिएका बताइएको छ । सो राज्यमा गत दुई दिनमा होली मनाउने क्रममा विभिन्न भागमा भएको घटनामा ती व्यक्ति मारिएका बताइएको छ ।

दुई समूहबीच भएको झडप र मादकपदार्थ सेवन गरी सवारी चलाउँदा भएका दुर्घटनाहरूमा परी ती व्यक्ति मारिएको जनाइएको छ । प्रान्तीय सहर लखनऊमा मात्र दुई समूहबीच भएको झडपमा कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ ।

अन्य एक सहरमा भएको दुई समूहबीच भएको झडपमा दुई व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् । होलीलाई रङ्गको पर्वका रूपमा मनाउने गरिन्छ । गत बिहीबार भारतमा होली पर्व मनाइएको हो । एजेन्सी

Check Also

afganistan-1

अफगानिस्तानमा बीस दिनमा तीन सय सत्तरीको विद्रोही लडाकूको मृत्यु

कात्तिक ९। अफगानी सरकारी सुरक्षा कारबाहीमा त्यहाँको उत्तरी गाजनी प्रान्तमा बितेको २० दिनमा कम्तिमा ३७० …

Leave a Reply

Your email address will not be published. Required fields are marked *