Home / News / खेलकुद / नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता, १३ देशका खेलाडी सहभागी हुने

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता, १३ देशका खेलाडी सहभागी हुने

international-wrestling-tचैत १२ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । यहि बैशाख ४ गते काठमाडौँमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने नेपाल रिङ रेस्लिङ संघकी अध्यक्ष सुनिता थापाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी जानकारी दिइन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा हुने ‘अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता मा १३ देशका २२  व्यावसायिक रेस्लिङ खेलाडीले सहभागिता जनाउँने छन् । संघकी महासचिव सुवर्ण श्रेष्ठले दिएको जानकारी अनुसार त्यस प्रतिस्पर्धामा हङकङका बिटम्यान, अमेरिकाका बुफा, ताइवानका दी ता नी, चीनका चेन जियाङ, न्युजिल्यान्डका जेम्स राइदीम, जापानका कामिकाजे, बेलायतका सिन गुइनेस र सिंगापुरका दी युरासियन ड्रागन मंगोलियाका महिला रेस्लरको सहभागिता हुने पक्का भएको छ । नेपालका तर्फबाट प्रतियोगितामा मिस्टर कोजु, कोब्रा, नुवाकोटे टाइगर, ६१९, बाबा बिई र युले सहभागिता जनाउने भएका छन् ।’

प्रतियोगिताको आकर्षणका रुपमा दुई जापानी महिला रेस्लर को पनि सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा प्रदर्शनी खेलका लागि जापानी महिला रेस्लरद्धय नानाई ताकाहाशी र सारीले सहभागिता जनाउने पक्का गरिसकेका छन् । यसैगरी नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा र जापानका योशिसुकी नाकामुराले प्रतियोगिताका खेलहरु खेलाउने छन् । प्रतिस्पर्धा सम्पन्न गर्दा करिब १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ ।

Check Also

सुपर–आठ क्रिकेट प्रतियोगिता चैत १५ देखि

चैत ३ । खुकुरी इएनटी र डिभाज इभेन्ट एन्ड मिडिया प्रालिको आयोजनामा पहिलो सुपर–आठ क्रिकेट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *