Home / News / समाचार / अश्लील तस्बिर देखाउँदै यौनसम्पर्कको प्रस्ताव राख्ने चौधरी प्रहरी खोरमा

अश्लील तस्बिर देखाउँदै यौनसम्पर्कको प्रस्ताव राख्ने चौधरी प्रहरी खोरमा

What-facebook-knows-about-youचैत १२ । सामाजिक सञ्जाल फेसबुक मार्फत चरित्र हत्या गरेको अभियोगमा हेटौँडा उपमहानगरपालिका बस्ने निरजबाबा उपनामले चिनिने निरजकुमार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारका सिलसिलामा साउदी अरबमा रहेका चौधरी फेसबुकमार्फत एक युवतीलाई साथी बनाएपछि जागिर छाडी काठमाडौँ आएका थिए ।

काठमाडौँ आएपछि ती युवतीलाई एक होटलमा लगी नसालु पदार्थ खुवाई अश्लील तस्बिर खिचेर सोही तस्बिर फेसबुकमार्फत पीडितलगायत फेसबुकका साथीलाई पठाई मानसिक पीडा दिएको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

उनले पीडितलाई कहीँकतै उजुरी गरे भौतिक कारबाही गर्ने जनाउँदै पटक पटक फोनमार्फत धम्क्याउँदै आएका थिए । पीडितलाई विभिन्न ठाउँमा बोलाई आफूसँग यौनसम्पर्क राख्न पनि उनले दबाब दिँदै आएको अनुसन्धानबाट खुल्न आएको छ ।

Check Also

gianni-infantino-fifa

फिफा अध्यक्ष जियानी इन्फन्टिनो भन्छन्– ‘अब विश्वकपमा ४८ देशको सहभागिता’

मंसिर २३ । ३२ देशको सहभागिता रहँदै आएको विश्वकप फुटवलमा अब भने ४८ देशको सहभागिता …

Leave a Reply

Your email address will not be published. Required fields are marked *