Home / News / समाचार / भारतीय सञ्चारमाध्यम भन्छन्ः ‘नेपाल–चीन सम्झौताले भारतलाई चुनौती’

भारतीय सञ्चारमाध्यम भन्छन्ः ‘नेपाल–चीन सम्झौताले भारतलाई चुनौती’

indian-flagचैत १३ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको दुईपक्षिय सहमति र नेपाल चीन सम्बन्धलाई भारतीय सञ्चार माध्यले नेपाल भारत पारस्परिक हैसियतमा चुनौतिका रुपमा हेरेका छन् ।
चीनसँगको निकटता र त्यसले नेपालको उत्तरसँगको आर्थिक तथा अन्य निकटतापनि भारतसंगको सम्बन्धकै मूल्यमाहुने उनीहरुले टिप्णी गरेका आजको अन्नपूर्णमा समाचार छ ।
‘नेपालका प्रधानमन्त्रीले बइेजिङमा गरेका सम्झौता भारतका लागि खतरा हुन् । भारतको प्रभाव क्षेत्रमा चीनको प्रभाव बढ्नु भारतको लागि हितकार छैन ।’ भारतीय टेलिभिजन च्यालन ‘जी न्युज’ले प्रसारण गरेको भिडियोमा भनिएको छ ।
चीनसँग ओलीले गरेको पारवहन सम्झौताले भारतसँगको नेपालको परनिर्भरता उल्लेख्य मात्रामा घटाउने र नेपालले चीनको तिनजियन समुन्द्री बन्दरगाह हुँदै तेस्रो मुलुकसम्म व्यापार गर्ने भारतीय पत्रकार सुधार रामचन्द्रन एसिया टाइम्स अनलाइनमा प्रकाशित आफ्नो लेखमा भन्छिन् ।

Check Also

gianni-infantino-fifa

फिफा अध्यक्ष जियानी इन्फन्टिनो भन्छन्– ‘अब विश्वकपमा ४८ देशको सहभागिता’

मंसिर २३ । ३२ देशको सहभागिता रहँदै आएको विश्वकप फुटवलमा अब भने ४८ देशको सहभागिता …

Leave a Reply

Your email address will not be published. Required fields are marked *