Home / News / समाचार / बर्दीमै सौराहा पुगे भारतीय प्रहरी

बर्दीमै सौराहा पुगे भारतीय प्रहरी

Dasgajaचैत १३ । भारत विहारका एसपी आरके सिंह प्रहरीका साथ शुक्रबार पर्यटकीय क्षेत्र सौराहा घुमेर फर्किएका छन् । उनी सिभिलमा भए पनि उनीसँगै आएका सई राकेश कुमार र २ जना कन्स्टेबल चक्र ग्राही र अतीश कुमार युनिफर्ममा थिए ।

प्रत्यक्षदर्शीका अनुसार साँझ साढे ५ बजे उनीहरू राप्ती किनारमा घुम्न पुगेका थिए । गाडी छेउमै पार्किङ गरेर उनीहरू किनार छेउको रेस्टुरेन्टमा पुगेको एक होटल व्यवसायीले बताए । सुरुमा भारतीय प्रहरीलाई ड्रेसमा देख्दा डर लाग्यो,’ प्रत्यक्षदर्शी एक होटल व्यवसायीले भने, तर हतियार देखिएन ।

यसरी उनीहरू युनिफर्ममै आउन पाउने–नपाउने प्रहरी प्रशासनले चासो दिनुपर्ने व्यवसायीले बताए । उनीहरू आएको झन्डै आधा घण्टापछि मात्र नेपाल प्रहरीको टोली पुगेको थियो । बछौली र इलाका प्रहरी टाँडीबाट मोटरसाइकल र गाडीमा पुगेको प्रहरीले उनीहरूलाई बीचमा राखेर सौराहाबाट भरतपुरतर्फ लगेको प्रत्यक्षदर्शी सौराहाबिच रेस्टुरेन्टका सञ्चालक बलराम दाहालले बताए ।

जिल्ला प्रहरी चितवनका एसपी वसन्त कुँवरले उनीहरू अतिथिका रूपमा आएको बताए । ‘नवलपरासी एसपी राजेन्द्र चौधरीसँग समन्वय गरेर आउनुभएको हो,’ उनले भने, ‘युनिफर्ममा आएर गलत गर्नुभयो ।’ उनले हतियार नलिई आएको दाबी गरे । कान्तिपुरबाट

Check Also

kc

आइओमका नव नियुक्त डिन डा. केपी सिहले राजीनामा, केसीले अझै अनसन तोडेनन्

मंसिर १७ । विगत २० दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि लागि भन्दै …

Leave a Reply

Your email address will not be published. Required fields are marked *