Home / News / साहित्य / लघु कथा- आतंक दिवस

लघु कथा- आतंक दिवस

narayani-poudel-khanal-laghu-katha
नारायणी पौडेल खनाल

हजुरबुबा उमेरमा ७५ नाघ्नु भए पनि सम्झना र सोचाइमा हामीभन्दा तीक्ष्ण नै हुनुहुन्थ्यो ।

म घरभित्र छिर्नेबित्तिकै आमाले मेरो छेउमा आएर भन्नुभयो– ‘रबिन, आज हजुरबुवालाई के भएको हो झोक्राइरहनुभएको थियो, तिमी त उहाँको कुरा मिल्ने नाति जाउन, के भएको रहेछ । खाजा पनि खान मन छैन भन्नुभयो ।’

‘सन्चो नहुन लागेको हो कि सोध्नु भएन त हजुरले ?’

‘तिमीलाई थाहै छ नि, मसँग हजुरबुवा झर्कनुहुन्छ, झन् सोधपुछ गरेर के गर्नु !’

‘के भएछ त म उहाँको कोठामा जान्छु ।’

‘ओहो हजुरबुवा ! हजुर पत्रिकामा व्यस्त, म त हजुरलाई नदेखेर खोज्दै

आएको ।’

‘ए रबु तिमी आयौ, के छ बाटोतिर ?’

‘त्यस्तो केही छैन, किन र हजुरबुवा ?’

मेरो आज बिहानदेखि टाउको भारी भएको छ, शैक्षिक क्षेत्रमÞा नै यस्तो असुरक्षा भएपछि यी बालबालिकाले कस्तो शिक्षा हासिल गर्लान् ! बाबु आमाले कसको जिम्मेवारीमा आफ्ना बच्चाहरुलाई विद्यालय पठाउलान्, कस्तो समय आयो

बा !’

‘ए त्यस्तो सोचिरहनु भएको ! अनि हजुरले चिन्ता गरेर हुन्छ त ? शंकास्पद मान्छे त समातेका छन् रे नि ।’

‘समातेर के गर्नु ! त्यसलाई समात्ने कहाँसम्म होलान् । पहिला बाल दिवस मनाए, ‘बाल दिवस’, ‘बाल अधिकार’, ‘बाल संरक्षण’, जाने जति शब्द बोलेर कार्यक्रम भए होलान् । हप्ता दिन नबित्दै पक्षघातमा राखिएको संविधानको नाममा ‘संविधान दिवस’, भोलिपल्टै के यो ‘आतंक दिवस’ ?

रबिन हजुरबुवालाई गम्भीर भएर हेरिरहे ।

Check Also

लघु कथा– क्षणिक चरा

निष्ठावान शिवराम गुरुले आफ्नो एक्लो छोरा पिताम्बरलाई संस्कृत–अंग्रेजी दुवै पढाएका थिए । जन्मेदेखि व्रतबन्ध नगरुन्जेल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *