Home / News / साता सुन्दरी / शोभाको सफलता

शोभाको सफलता

काठमाडौं गोंगबुकी स्थानीय मोडल शोभा भण्डारी नयाँ चलचित्र ब्वाइफ्रेण्डमार्फत नायिकामा डेब्यु गरेकी छन् । रंगीन संसारमा पाइला टेकेको धेरै समय नभए तापनि छोटै समयमा आफूलाई स्थापित गर्न सफल शोभाको सफलता मान्न सकिन्छ ।

अभिनय र मोडलिङलाई एकसाथ लाने प्रयासमा रहेकी शोभाले दुई दर्जनभन्दा बढी गीतका म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेकी छन् । नृत्यमा अत्यन्त पारंगत शोभा हाल आएर चलचित्रको अभिनयमा आकर्षित बनेकी छन् । पाएसम्म कुनै पनि चलचित्रमा नछाड्ने सोचमा रहेकी शोभाले चलचित्र ब्वाइफ्रेण्डमा चञ्चले युवतीको जोडदार भूमिकामा अभिनय गरेकी छन् । उनले हाँस्य टेलिसिरियल हर्के हवल्दार र पुर्पुरोमा समेत अभिनय गरिसकेकी छन् ।

Check Also

भिन्तुना जोशीको धोको– सौगातसँग अनस्क्रिन रोमान्स

नेपाल भाषाका चलचित्रमा भिन्तुना जोशीले निकै ख्याती कमाएकी छन् । दर्जनौं नेवारी चलचित्रमा अभिनय गरेकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *