Home / News / खेलकुद / पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

 चैत १४ । नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको हो ।

नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै नौ विकेटको क्षतिमा एक सय ८० रन बनायो । बङ्गलादेशको शेख कमाल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । एकसय ८१ रनको विजयी लक्ष्य पाकिस्तानले चार विकेटको क्षतिमा ४५ दशमलव १ ओभरमा पुरा गर्यो ।

प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ बर्षमुनिका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको दोस्रो खेलमा नेपालले मङ्गलबार बङ्ंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *