Home / News / अर्थ / उद्योग वाणिज्य महासंघ प्रधान समुहको प्यानल घोषणा

उद्योग वाणिज्य महासंघ प्रधान समुहको प्यानल घोषणा

चैत २१ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चैत्र २७ र २८ गते हुने निर्वाचको लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहले आइतबार एक कार्यक्रमबीच उम्मेदवारी घोषणा गरेका छन् । प्रधान समुहले बस्तुगत र जिल्ला तथा नगरतर्फको पुर्ण टीम सहित उम्मेदवारी घोषणा गरेका हुन् ।सक्षम नेतृत्व सशक्त संगठन हाम्रो अभियान भन्ने मुल नाराका साथ प्रधान समुह घोषण भएको बस्तुगत तर्थ सदस्य पदका उमेदवार गोविन्द घिमीरेले जानकारी दिए ।

किशोर प्रधान प्यानलको घोषणासभामा वस्तुुगततर्फ उपाध्यक्ष पदमा शंकर पाण्डे, जिल्ला नगरतर्फ उपाध्यक्षमा प्रमोद श्रेष्ठले आफू नेतृत्वको टिमको उम्मेद्वारी घोषणा गरेका थिए । वस्तुुगततर्फ १४ सदस्य र जिल्ला नगरतर्फ १२ सदस्यको उम्मेद्वारी समेत सोही कार्यक्रममार्फत सार्वजनिक गरिएको थियो ।

जिल्ला तथा नगर तर्फका उम्मेदवार

कल्याण जोशी, खुसनारायण सैंजु, गजेन्द्र भगत, दिपेन्द्र क्षेत्री, पशुपति खड्का, मनिषलाल प्रधान, मनोज मुन्दरा, युवक राजभण्डारी, राजेन्द्र श्रेष्ठ, लोकविक्रम थापा, सन्तोष खतिवडा र सुदर्शन कार्की रहेका छन् ।बस्तुगत तर्फका उम्मेदवार

सन्तोष श्रेष्ठ, शैलेन्द्र गुरागाई, अशोक शर्मा, गोन्विद घिमिरे, डा।तिलचन्द्र विष्ट, दिपकबहादुर कार्की, नरेशलाल श्रेष्ठ, प्रकाश कार्की, सकुन्तलाल हिराचन, चण्डीप्रसाद अर्याल, मधुशुदन आचार्य, रितेश लामिछाने, शिवप्रसाद घिमिरे र हंशराज वाग्ले रहेका छन् । प्रधान समुहबाट बस्तुगततर्फ १४ वटै सदस्यको उम्मेदवारी घोषणा गरेको छ ।

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *