Home / News / खेलकुद / ला लिगामा १० खेल बाँकी रहँदा मड्रिड २ अंकको प्रष्ट अग्रतामा

ला लिगामा १० खेल बाँकी रहँदा मड्रिड २ अंकको प्रष्ट अग्रतामा

चैत २१ । रियल मड्रिले ला लिगामा १० खेल बाँकी रहँदा २ अंकको प्रष्ट अग्रता लिएको छ ।आलाभेसमाथि सहज जित हात पारेसँगै मड्रिले यस्तो अग्रता लिएको हो । आइतबार राति भएको खेलमा रियल मड्रिडले आलाभेसमाथि ३(० को जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा रियलले ३१ औं मिनेटमा करिम बेञ्जिमाको गोलबाट अग्रता लिएको थियो ।

बाँकी दुई गोल भने खेलको अन्त्यतिर भयो । ८५ औं मिनेटमा इस्कोले गोल गरे भने ८८ औं मिनेमा नाचोले गोल गर्दै रियल मड्रिडलाई ३(० को जित दिलाए ।

यो जितसँग रियल मड्रिड सन् २०१२ पछि पहिलो लिग उपाधि नजिक पुगेको छ । रियल मड्रिडको २८ खेलबाट ६८ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ६६ अंक छ र, उसले एक खेल बढी खेलेको छ ।

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *