Home / News / समाचार / स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाता

स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाता

चैत २१ । लामो समयपछि हुन लागेको स्थानीय निर्वाचनमा देशभर एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०७३ फागुन ९ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाएका मतदाताको संख्या सार्वजनिक गरेको हो।

आयोगले दिएको जानकारी अुनसार २०७३ फागुन ९ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम भएका एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाताले आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने छन् । कुल मतदातामध्ये ७० लाख ६९ हजार सात सय १४ पुरुष र ६९ लाख ८४ हजार ६ सय २५ महिला छन् भने तेस्रो लिंगी मतदाताको संख्या एक सय ४३ छ ।

आयोगका अनुसार तीन वर्षमै मतदाताको संख्या १९ लाख बढेको छ । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा मतदाता संख्या एक करोड २१ लाख ४७ हजार आठ सय ६५ थियो । जिल्लागत विवरण हेर्दा सबैभन्दा धेरै मतदाताको संख्या मोरङ र सबैभन्दा कम संख्या मनाङमा छ । आयोगको विवरणअनुसार मोरङमा पाँच लाख ६३ हजार आठ सय ७० मतदाता छन् भने मनाङमा पाँच हजार ९५ मतदाता छन् । त्यसैगरी काठमाडौंमा पाँच लाख ५९ हजार चार सय मतदाता छन् ।

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *