Home / News / साहित्य / बाल निबन्ध– मेरा हजुरबुबा

बाल निबन्ध– मेरा हजुरबुबा

  • डा. ऋषिराम शर्मा/गुल्मी

(यो बाल निबन्ध आत्मपरक शैलीमा लेखिएको छ, यो निबन्ध बालबालिकालाई आत्मपरक शैलीमा निबन्ध लेख्न प्रेरित गर्ने उद्देश्यले रचना गरिएको छ । यो निबन्ध पढेर विद्यार्थीलाई ‘मेरी हजुर आमा’, ‘मेरा बाबा’, ‘मेरी आमा’ शीर्षकमा निबन्ध लेखनसम्बन्धी अभ्यास गराउन सकिने र विद्यार्थीले निबन्ध लेख्न सक्ने अपेक्षा राखिएको छ ।)

मेरा हजुर बुबाको नाम घनश्याम शर्मा हो । मेरा हजुर बुबा निकै बुढा हुनुहुन्छ । मेरा हजुर बुबाले मलाई असाध्यै माया गर्नु हुन्छ । हजुर बुबाका चाउरी परेका मायालु हातले मेरा गालामा मुसार्दा मलाई कति धेरै आनन्द आउँछ । उहाँले मलाई हातमा समातेर डुलाउनु हुन्छ । उहाँ कहिलेकाहिँ मलाई पहिले पहिलेका कुरा सुनाउनु हुन्छ । मलाई हजुर बुबाका पहिले पहिलेका कुरा सुनेर अनौठो लाग्छ । हजुर बुबाका पालामा त एक रूपियाँमा सय ओटा मिठाइ पाइन्थे भन्ने कुरा सुन्दा मलाई लोभ लागेर आउँछ । हजुर बुबा आपूm सानो छँदाका कुरा सुनाउँदा सुनाउँदै रमाउनु हुन्छ । म चाहिँ पहिलेको जमाना कस्तो थियो होला भनेर मनमनै सोच्न थाल्छु । मेरो सानो दिमागले त्यस बेलाका कुराको कल्पना नै गर्न सक्दैन ।

मेरा हजुर बुबालाई देखेर मेरा मनमा धेरै धेरै कुरा खेल्छन् । मेरा बाबाका बाबा मेरा हजुर बुबा हुनुहुन्छ । मेरा बाबा त मेरा हजुर बुबाका छोरा हुनुहुन्छ । अहिले मेरा मनमा खेल्ने मुख्य कुरो के हो भने मेरा हजुर बुबाले पनि मेरा बाबालाई त्यस्तै माया गर्नु हुन्थ्यो होला जस्तो माया अहिले मलाई मेरा बाबाले गर्नु हुन्छ । त्यसबेला मेरा बाबालाई मेरा हजुर बुबाले काखमा राखेर डुलाउनु हुन्थ्यो होला । सानो छँदा मेरा बाबा पनि चकचक गर्नु हुन्थ्यो होला । धेरै धेरै चकचक गरेका बेला हजुर बुबाले मेरा बाबालाई गालामा चड्कन पनि दिनुहुन्थ्यो होला । त्यसपछि बाबा धुरुधुरु रुनुहुन्थ्यो होला । यस्ता कुरा मनमा खेलाउँदा र सम्झँदा अहिले मलाई सारै रमाइलो लाग्छ ।

मेरा हजुर बुबा बूढो हुनुभएको छ र मेरा बाबा ठूलो हुनुभएको छ । मेरा बुबा अहिले सरकारी अफिसमा काम गर्नुहुन्छ । मेरा बाबालाई ठूलो मान्छे बनाउने हजुर बुबाको ठूलो धोको थियो रे । हजुर बुबाले चाहे जस्तै मेरो बुबा अहिले ठूलो मान्छे बन्नुभएको छ । उहाँले काम गर्ने ठाउँमा सबैले उहाँलाई असाध्यै माया गर्छन् । अफिसमा काम लिएर आउने मानिसको काम उहाँ सजिलैसँग गरिदिनु हुन्छ । सबैले बाबाको कामको राम्रो बयान गर्छन् । उहाँलाई ठूलो मान्छे र राम्रो मान्छे मान्छन् । बाबालाई सबैले राम्रो मान्छे भनि दिँदा मेरा हजुर बुबा खुसीले गदगद हुनुहुन्छ र यहाँ मुसुमुसु मुस्कुराउनु हुन्छ ।

मेरा हजुर बुबा सधैँ हँसिलो र खुसी देखिनु हुन्छ । कहिले काहींमात्र त्यतिबेला उहाँको अनुहार दुखी देखिन्छ जतिबेला टी.भी. मा बुढाबुढीलाई छोराछोरीले हेला गरेको समाचार आएको हुन्छ । आपूmले पालेका आफ्नै छोराछोरीले हेला गरेर घरबाट निस्कनु परेको समाचार हेर्दाहेर्दै उहाँ टोलाउनु हुन्छ । उहाँका आँखा आँसुले टल्पलाएका हुन्छन् । उहाँ त्यस्तो दृश्य हेरिरहेका बेला भने निकै दुखी हुनुहुन्छ । त्यतिबेला उहाँ मनमनै सोचि रहनुहुन्छ होला कतै आपूmलाई पनि छोराछोरीले हेला गर्ने हुन् कि ? तर मेरा बाबाले त हजुर बुबालाई त्यसो कहिल्यै गर्नुहुन्न नि । मलाई माया गर्ने मेरा हजुर बुबालाई बाबाले हेला गर्नु भयो भने म पनि त हजुर बुबासँगै हिंडिदिन्छु नि ।

मेरा जस्तै सबैका घरमा हजुर बुबा हुनुहोला । सबैले आफ्ना आफ्ना बाबालाई र हजुर बुबालाई आदर गर्नु पर्छ । हेला गर्नु हुन्न । हामी पनि भोलि पर्सि ठूला भएर बाबा बनौँला । हजुर बुबा बनौंला । हामीले हाम्रा बाबालाई र हजुर बुबालाई आदर गरेनौं भने हामीलाई पनि हाम्रा छोरा नातिले आदर गर्ने छैनन् । हामीले आदर ग¥यौं भने पछि गएर हामीलाई पनि हाम्रा छोरा नातिले आदर गर्ने छन् ।

(लेखक त्रिभुवन विश्वविद्यालयका एसोसियट प्रोफेसर हुन्)

Check Also

लघु कथा– क्षणिक चरा

निष्ठावान शिवराम गुरुले आफ्नो एक्लो छोरा पिताम्बरलाई संस्कृत–अंग्रेजी दुवै पढाएका थिए । जन्मेदेखि व्रतबन्ध नगरुन्जेल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *