Home / News / साता सुन्दरी / अमीको उफ यो मन

अमीको उफ यो मन

स्मार्ट र अग्ली कलाकार अमी दाहाल नेपाली चलचित्रमा थियटर आर्टिष्टका रुपमा परिचित छन् । सुरज चन्दद्वारा निर्देशित चलचित्र ‘उफ यो मन’बाट नायिकामा डेब्यु गरेकी अमीको लक्ष्य तथा उद्देश्य भन्नु नै चलचित्र तथा टीभी कमर्सियलहरुमा मात्र अभिनय गर्ने हो । अन्य आर्टिष्टजस्तो म्युजिक भिडियो तथा टेलिफिल्मतिर अमीको त्यति रुचि देखिएको छैन ।

५ फिट ९ इञ्चकी थियटर आर्टिष्ट अमीले वरिष्ठ रंगकर्मी सुनिल पोखरेलसँग अभिनयको प्रशिक्षण लिएर थियटरमा काम गर्न थालेकी हुन् । कुनैबेला एथ्लेटिक्स र फुटबलका माहिर खेलाडीसमेत रहेकी अमीले जिल्लास्तरीय रनिङ कम्पिटिसन तथा राष्ट्रपति शिल्ड पनि जितिसकेकी छन् । खेलमा राम्रो अवसर भए तापनि सानैदेखि कलाकार बन्ने रहरका कारण आफू यसतर्फ आकर्षित बनेको अमीले खुलासा गरेकी छन् ।

संखुवासभा, माडीकी स्थायी बासिन्दा अमीले प्लस टुसम्म माडीमै पढेकी भए तापनि बीबीएस भने इटहरी आएर सिध्याएकी हुन् ।  काठमाडौं आएर कलाकारितामा लागेपछि पढाइलाई निरन्तरता दिन नसके पनि कलाकारितामा जम्न थालेकाले उनी यसैमा गर्व गर्छिन् । नेपालको चर्चित कलाकार बन्ने उनले चाहना पालेकी छन् । यसका लागि नै आफू हाल संघर्षरत रहेको उनले भनेकी छन् ।

Check Also

भिन्तुना जोशीको धोको– सौगातसँग अनस्क्रिन रोमान्स

नेपाल भाषाका चलचित्रमा भिन्तुना जोशीले निकै ख्याती कमाएकी छन् । दर्जनौं नेवारी चलचित्रमा अभिनय गरेकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *