Home / News / मनोरञ्जन / पलाँसमा बेश्याको भूमिकामा रेखा थापा

पलाँसमा बेश्याको भूमिकामा रेखा थापा

कुनैबेला राम्रो तथा तगडा रोल पाएमा बेश्या बन्न पनि तयार छु भनेर चर्चामा आएकी अभिनेत्री रेखा थापा नेपाली राजनीतिमा खुलेर लागेपछि रिलिज भएको नयाँ चलचित्र पलाँसमा बेश्या बनेकी छन् । बेश्याहरुको नेतृत्व गर्ने कोठीवालीको कामुक भूमिकामा देखिएकी रेखा थापाकै हट अभिनयका कारण चलचित्र पलाँसलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । तर, सेन्सर बोर्डले चलचित्र पलाँसको कथाले मागेको कुनै पनि दृश्यलाई काटेका छैनन् । जस्ताको तस्तै राखिएको निर्माण पक्षले जनाएको छ । जसले गर्दा चलचित्र हेर्ने दर्शकलाई कतिपय दृश्यमा असजिलो गराउने निर्माण युनिटको दाबी छ । कृषा चौलागाईंको निर्माण तथा सुवास कोइरालाको निर्देशन रहेको यस चलचित्रमा आयुब केसी नायकको भूमिकामा रहेका छन् ।

Check Also

साइँलीका गायक रानाको न्यूयोर्कमा एकल साँझ

न्यूयोर्क । पछिल्लो समय चर्चाको शिखरमा पुगेका गायक हेमन्त रानाको एकल कन्सर्ट न्यूयोर्कस्थित कुइन्समा भव्यरुपमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *