Home / News / अन्तर्वार्ता / नेपाल सरकार डायस्पोराप्रति सुगम सम्बन्ध चाहन्छ

नेपाल सरकार डायस्पोराप्रति सुगम सम्बन्ध चाहन्छ

खगेन्द्र जिसी

झण्डै तीन दशक अमेरिकाको न्यूयोर्क कर्मथलो बनाएका खगेन्द्र जिसी अमेरिकास्थित नेपाली समुदायकै सबैभन्दा पुराना कानून व्यवसायीका रुपमा चिनिन्छन्। म्यानहाटनको व्यस्त पर्यटकीय स्थल टाइम्स स्क्वायरस्थित आफ्नो कार्यालयबाट बिहानैदेखि विभिन्न कानूनी समस्या लिएर पुग्ने नेपाली आप्रवासीहरुको सेवामा जुट्ने गरेका जिसी गैरआवासीय नेपाली संघ, अमेरिकाको पूर्व नेतृत्वकर्ता पनि हुन्। मिजासिलो स्वभाव, साधारण व्यक्तित्वका नेपाली वकिलका रुपमा समेत जिसी अमेरिकामा परिचित छन्। पछिल्लो समय गैरआवासीय नेपाली संघमा बाक्लो उपस्थिति जनाउँदै आएका जिसी विगत केही वर्षदेखि गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकताका सम्बन्धमा समेत विभिन्न किसिमले सक्रिय थिए। जिसीलाई हालै नेपाल सरकार, परराष्ट्र मन्त्रालयले परराष्ट्रसम्बन्धी अवैतनिक सल्लाहकारमा मनोनयन गरेको छ। यसै सम्बन्धमा जिसीसँग गरिएको कुराकानी–

नेपाल सरकारअन्तर्गतको परराष्ट्र मन्त्रालयले तपाईंलाई कुन पदमा मनोनयन गरेको हो ?

गैरआवासीय नेपाली मानार्थ सल्लाहकार हो ।

तपाईंलाई जुन पदमा मनोनयन गरिएको छ, त्यसको भूमिका हुनेछ ?

नेपाल छाडेर परदेशमा बस्ने नेपाली र नेपाल सरकारबीचको पुलको रुपमा काम गर्ने भन्ने मैले बुझेको छु । आप्रवासी नेपाली र नेपाल सरकारबीचको समन्वयको भूमिका नै प्रमुख हो । अमेरिकाजस्तो मुलुकमा बस्ने नेपालीका त धेरै समस्या नहोलान्, तर पनि केही–केही समस्या त हुन्छन् नै । तर, मध्यपूर्वलगायतका थुप्रै देशमा बसोबास गर्ने नेपालीका कयौं समस्या छन् । त्यस्ता समस्या सरकारसम्म पु¥याउन र समाधान गर्न समन्वय गर्ने काम प्रमुख हो ।

जुन पदमा तपाईंलाई मनोनयन गरिएको छ, यसभन्दा अगाडि यस्तो जिम्मेवारी कसले पाएको थियो ?

यो नै पहिलो पटक हो । यसभन्दा अगाडि कोही थिएनन् ।

भनेपछि संसारभर बसोबास गर्ने नेपालीहरु र सरकारबीचको समन्वय गर्ने जिम्मेवारी अहिले तपाईंको काँधमा छ ?

हो, कसरी हुन्छ अहिले सरकार डायस्पोराप्रति जिम्मेवार हुन खोजेको चाहिं मैले महसुस गरेको छु । अर्को कुरा, वर्तमान परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत विदेशमा बसेर अध्ययन गरेका कारण उहाँलाई डायस्पोराका बारेमा जानकारी छ अनि मन्त्रीज्यू स्वयम् डायस्पोराप्रति जिम्मेवार बन्न चाहनुभएको मैले महसुस गरेको छु । ‘गभर्मेन्ट इन कम्युनिटी वर्क’ भन्ने उद्देश्यअनुरुप यो मेरो मनोनयन हो ।

तपाईंले अब कसरी काम गर्ने सोच बनाउनुभएको छ ?

कसरी हुन्छ विश्वभरिका नेपाली डायस्पोरालाई नेपालमा स्वागत हुने वातावरण हुन्छ भन्ने उद्देश्यअनुरुपको मेरो भूमिका हुनेछ । मैले स्वयम् गैरआवासीय नेपाली संघमा लामो समयदेखि काम गरेका कारण डायस्पोराको समस्याका बारेमा जानकारी पनि छ । यी सबै कुरालाई मध्यनजर राखेर सरकारले आप्रवासी र आप्रवासीले सरकारप्रति जिम्मेवार भएर काम गर्ने वातावरण बनाउन प्रयत्न गर्छ । आप्रवासी समूहले पनि राम्रा राम्रा योजना लिएर सरकारसम्म जानुचाहिं प¥यो । विनायोजना सरकार डायस्पोराप्रति जिम्मेवार भएन भनेर मात्र भन्नुचाहिं भएन । मलाई यति चाहिं विश्वास छ– हाल नेपाल सरकार डायस्पोराप्रति सुगम सम्बन्ध विस्तारको पक्षमा कोसिस गरिरहेको छ ।

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *