Home / News / साता सुन्दरी / कमलीको कमाल

कमलीको कमाल

नायिका कमली वाइवा ‘शब्द’मार्फत नेपाली चलचित्रमा हाल चर्चामा रहेकी छन् । बेग्लै धारको चलचित्र ‘शब्द’ले नेपालमा खासै व्यापार गर्न नसके पनि कमलीको चर्चा सेलाएको छैन । नवल खड्काद्वारा निर्माण गरेको ऐतिहासिक चलचित्र भीमदत्तबाट नेपाली चलचित्र उद्योगमा डेब्यु गरेकी कमलीको त्यसपछि चलचित्र ‘कहीँ दिन कहीं रात’ हो । शब्द कमलीको तेस्रो चलचित्र हो ।

तेस्रो चलचित्रसम्म आइपुग्दा अभिनयमा कुशल, अनुभवी तथा परिपक्व बनिसकेकी कमलीमा बेग्लै जोश र जाँगर देखिएको छ । चलचित्र शब्द अष्ट्रेलियामा रिलिज गर्न जानु परेकाले त्यस चलचित्रका नायक सौगात मल्ल विकट गोरखाको मनासलुस्थित सामागाउँमा चलचित्र बमकाजीको शुटिङमा व्यस्त बनिरहेका बेला काठमाडौंबाट हेलिकप्टर चार्टर गरेर नायक मल्ललाई कमलीले ल्याएकी थिइन् ।

अष्टे«लियाको मेलबर्न तथा सिड्नीमा समेत चलचित्र शब्दको प्रदर्शन भइसकेको छ । चलचित्र शब्दको प्रमोसन तथा प्रदर्शनमा अग्रपंक्तिमा देखिएकी कमली यस चलचित्रको नायिकाको साथमा निर्माता पनि हो कि भन्ने आशंका गरिएको छ । तर, कमलीले यस विषयमा कुरा भने खोलेकी छैनन् । निर्माताले गर्नुपर्ने हर कार्य कमलीले गरेकाले कमलीप्रति सबैले यस प्रकारको आशंका गरिएको हो ।

Check Also

भिन्तुना जोशीको धोको– सौगातसँग अनस्क्रिन रोमान्स

नेपाल भाषाका चलचित्रमा भिन्तुना जोशीले निकै ख्याती कमाएकी छन् । दर्जनौं नेवारी चलचित्रमा अभिनय गरेकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *