Home / News / प्रवास / इन्दिराको अर्को जन्म

इन्दिराको अर्को जन्म

न्यूयोर्क । गीतकार इन्दिरा चेम्जोङले गत शनिबार आफ्नो एकल गीतिएल्बम ‘अर्को जन्म’ सार्वजनिक गरेका छन् । नेपाली अमेरिकन कलाकार संघद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल महावाणिज्य दूतावास न्यूयोर्कका वाणिज्य दूत कृसु क्षेत्रीले गीतिएल्बमको विमोचन गरेका हुन् ।

चेम्जोङको उक्त एल्बममा एउटा लिम्बू भाषाको गीतसँगै ६ वटा गीत समेटिएको छ । कार्यक्रममा ६ वटै गीतका भिडियो प्रदर्शन गरिएको थियो । गीतका भिडियोहरु ३ वटा अमेरिका र ३ वटा नेपालमा छायांकन गरिएको गीतकार चेम्जाङले जानकारी दिइन् । गीतकार चेम्जोङले एल्बम विक्रीबाट उठेको रकम धनकुटा, राजारानीस्थित श्री पुण्य माविलाई प्रदान गर्ने बताइन् । गीत–संगीतमा सानैदेखिको इच्छा भए पनि व्यावहारिक कठिनाइका कारण हाल आएर इच्छा पूरा गर्ने अवसर मिलेको गीतकार चेम्जोङले बताइन् । ‘अब आउँदा दिनमा समयले साथ दिए गीत लेखनलाई निरन्तता दिनेछु’, उनले भनिन् ।

अञ्जु पन्त, मेलिना राई, प्रमोद खरेल, मिलन अमात्य, स्वरुपराज आचार्य, दीपक लिम्बू र सीताकुमारी सिंगकको स्वरमा सजिएको उक्त एल्बममा इमाहाङ सेत्लिङ लिम्बू, वसन्त सापकोटा, राजशुक्र लिम्बू, बाबुल गिरी र ताराप्रकाश लिम्बूले संगीत दिएका छन् । लिलाकुमारी सिंगक, सौरम तुलाधरले निर्देशन गरेको उक्त एल्बमका भिडियोको छायांकन राम सदेम्बा लिम्बू र मोक्तान डिजिटलका शम्भु मोक्तानले गरेका हुन् ।

कार्यक्रम संघका अध्यक्ष सुमन बुढामगरको सभापतित्वमा सम्पन्न भएको थियो ।

Check Also

सिंगारिंदै ज्याक्सन हाइट्स प्लाजा

उर्गेन शेर्पाले पहिर्याए मेयरलाई खदाग न्यूयोर्क । ज्याक्सन हाइट्सस्थित दक्षिण एसियाली आप्रवासीहरुको चौतारी ‘डाइभर्सिटी प्लाजा’ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *