Home / News / अमेरिकामा वकिलसँग परामर्श / वकिलसँग कानुनका कुरा

वकिलसँग कानुनका कुरा

रमेश श्रेष्

म र मेरो श्रीमान् २०१४ मा अमेरिकामा एफ–१ भिसामा आएका थियौं। नेपाललाई टीपीएस प्राप्त भएपछि दुवैले टीपीएस पनि प्राप्त ग¥यौं। टीपीएस भए तापनि दुवैले मास्टर्स डिग्रीमा एफ–१ मा नै रही अध्ययनरत नै छौं। म एक कम्पनीमा पनि काम गरिरहेको छु। एच–१बी भिसा प्राप्त गर्न गाह्रो भएकाले मेरो बोसले ग्रीनकार्डका लागि नै स्पोन्सर गरिदिने कुरा गरेको छ। यदि मेरो एफ–१ भिसा र ओपीटी पनि अन्त्य भएको खण्डमा के म टीपीएसमा नै रहेर एम्प्लोइमेन्ट बेस्ड स्पोन्सरको माध्यमबाट ग्रीनकार्ड प्राप्त गर्न सक्छु होला? यदि टीपीएसमा नै रहेर रोजगारीमा आधारित ग्रीनकार्डका लागि प्रोसेस गरेमा के जुन २४, २०१८ भित्रमा उक्त प्रोसेस पूर्ण होला? यदि जुन २४, २०१८ पछि नेपालका लागि टीपीएस नवीकरण नभएमा मेरो स्पोन्सर केसको अवस्था के हुन्छ होला? उत्तरको आशा राखेको छु।

– निरा, जर्जिया

तपाईंहरु दुवै जनाले एफ–१ भिसा कायमै राखी टीपीएस पनि लिनुभएकोले तपाईंहरुलाई दुवै एफ–१ र टीपीएसबाट प्राप्त हुने सुविधाहरु समयअनुकूल नियमले मिलेसमम लिन सक्नुहुनेछ । एफ–१ भिसामा रहँदाको अवस्थामा टीपीएसबाट प्राप्त हुने वर्क परमिट प्रयोग गरेको खण्डमा एफ–१ भिसाको उल्लंघन भई एफ–१ भिसा समाप्त पनि हुन सक्छ । तर, टीपीएस मात्र प्राप्त गरी इम्प्लोइमेन्ट अथोराइजेसन डकुमेन्ट (ईएडी) अर्थात् वर्क परमिट नलिई वा प्रयोग नगर्नुभएको भए एफ–१ भिसाको कुनै उल्लंघन हुने छैन ।

तपाईंहरुको अवस्थामा एफ–१ भिसा कायमै रहेका बेला टीपीएसका लागि निवेदन गरी प्राप्त गर्नुभएकोले यदि पछि एफ–१ भिसा वा ओपीटीको समाप्ति भए पनि टीपीएस स्टाटस अन्य ननइमिग्रान्ट भिसासरह वैध भिसाका रुपमा नै मानिनेछ । त्यसैले तपाईंको इप्लोयरले ग्रीनकार्डका लागि कागजपत्रको सुरुवात गरेको खण्डमा र तपाईंका लागि पेस भएको लेबर सर्टिफिकेसन एप्लिकेसन र आई–१४० इमिग्रान्ट वर्कर पेटिसन स्वीकृति भएको खण्डमा तपाईंंल े आफ्ना लागि पेश गरेको आई–४८५ एप्लिकेसन पनि स्वीकृत हुन सक्छ । अर्थात् तपाईंले ग्रीनकार्ड प्राप्त गर्न सक्नुहुनेछ । अध्यागमनको नियमअनुसार रोजगारमा आधारित निवेदनका आधारमा ग्रीनकार्ड प्राप्त गर्नका लागि कानूनीरुपमा अमेरिकामा भिसा लिई प्रवेश (सेक्सन २४५ (आई) को आधारमा योग्य हुनेबाहेकं गरेको हुनुपर्ने र ग्रीनकार्डको निवेदन (आई–४८५ एप्लिकेसन) पेस गरेको समयमा भ्यालिड ननइमिग्रान्ट स्टाटसमा रहेको हुनुपर्नेछ । तपाईंको हकमा यदि एफ–१ वा ओपीटी, तपाईंले फारम आई–४८५ पेस गर्ने बेलामा समाप्त भए पनि टीपीएसमा रहनुभएकोले तपाईं कुनै ननइमिग्रान्ट भिसामा नै रहेको सरह मान्य हुनेछ र एड्जष्टमेन्ट अफ स्टाटस गर्न कुनै बाधा पर्ने छैन ।

अब नेपालको लागि टीपीएस जुन २४, २०१८ मा समाप्त हुने भएकोले रोजगारीमा आधारित ग्रीनकार्डको प्रोसेस सक्दो शीघ्र गर्नुहुन सुझाव छ । अहिलेको अनुभव र भिसाको उपलब्धिको आधारमा हेर्ने हो भने यो प्रोसेस शीर्घ शुरु गरेको खण्डमा टीपीएसको म्याद समाप्त हुनुअगावै तपाईंले आई–४८५ एप्लिकेसन युएससीआईएसमा पेश गर्न सक्ने जस्तो देखिन्छ । आशा गर्न सकिन्छ कि टीपीएसको म्याद फेरि पनि जुन २४, २०१८ बाट थप हुन सक्छ । यदि नभएको खण्डमा समयमा नै अन्य ननइमिग्रान्ट भिसामा परिवर्तन वा चेन्ज अफ स्टाटस गर्नुपर्ने हुन्छ ।

तर, अहिलेको परिस्थितिमा टीपीएसको सुविधा कहिले समाप्त हुन सक्छ भन्ने कुराको यकिन गर्न नसकिने भएकाले टीपीएसमा मात्र भर नपरी अन्य भिसाका विकल्पहरु पनि हेर्न सुझाव छ ।

Check Also

वकिलसँग कानुनका कुरा

म सन् २००२ मा बी–२ भिसामा अमेरिका आएको थिएँ। सन् २००७ मा असाइलमको निवेदन गरें। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *