Home / News / अर्थ / आर्थिक समाचारः पूर्ननिर्माणमा अझै तीन खर्ब बजेट नपुग

आर्थिक समाचारः पूर्ननिर्माणमा अझै तीन खर्ब बजेट नपुग

वैशाख १७। पुननिर्माणको लागि विनियोजित बजेटको आधा पनि खर्च गर्न नसकेको राष्ट्र्रिय पुर्ननिर्माण प्राधिकरणले तीन खर्ब रुपैंया बजेट अभाव भएको जनाएको छ । नागरिक दैनिकले पुर्ननिर्माणमा अझै तीन खर्ब बजेट नपुगलाई मुख्य समाचार बनाएको छ ।

चालु आर्थिक वर्ष सकिन दुइ महिना बाँकी रहँदा अर्थ मन्त्रालयबाट अख्तियार पाएको एक खर्ब नौ अर्ब रुपैंयाको ४५ प्रतिशतमात्र खर्च गरेको प्राधिकरणको तथ्यांक छ ।
श्रम सम्झौतामा शून्य प्रगति सन्दर्भमा नेपालको प्रस्तावलाई मतलबै गर्दैनन् गन्तब्य मुलुकलाई पनि नागरिकले लेखेको छ । लाङटाङ पदमार्ग पुन ः निर्माण पुरालाई पनि नागरिकले लेखेको छ ।
जलविद्युत निर्माणमा वनको कुचक्रलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । जलविद्युत आयोजना निर्माणका लागि वन मन्त्रालयको स्वीकृति लिन मात्रै कम्तिमा साढे तीन वर्ष लाग्ने गरेको कारोबारले लेखेको छ । व्यवसायीको रोजाइमा ‘टे«डिङ’लाई पनि कारोबारले लेखेको छ । जेठदेखि इन्धन ट्याङकरमै लकिङलाई पनि कारोबारले लेखेको छ ।

एनसेलको अटेरलाई अन्नपूर्ण पोष्ट दैनिकले मुख्य समाचार बनाएको छ । चालु आवको नौ महिनामा सात खर्ब २५ अर्बको आयातलाई पनि अन्नपूर्णले लेखेको छ । रसुवागढी नाका फेरि बन्दलाई अन्नपूर्णले लेखेको छ ।

चीनवाट अन्तराष्ट्रिय ब्याण्डविथ १ महीनामालाई अभियानले मुख्य समाचार बनाएको छ । आयोगले रोक्यो बजेटलाई अभियानले लेखेको छ ।

Check Also

प्रचण्डको खुलासाः वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड

असार ७ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *