Home / News / प्रवास / साइँलीका गायक रानाको न्यूयोर्कमा एकल साँझ

साइँलीका गायक रानाको न्यूयोर्कमा एकल साँझ

न्यूयोर्क । पछिल्लो समय चर्चाको शिखरमा पुगेका गायक हेमन्त रानाको एकल कन्सर्ट न्यूयोर्कस्थित कुइन्समा भव्यरुपमा सम्पन्न भयो । न्यूयोर्कबासी ५ सय युवायुवतीमाझ गायक रानाले डेढ दर्जन गीत गाएका थिए ।

न्यूयोर्कका तीन युवा अर्जुन खड्का, शैलेस श्रेष्ठ र लछिन गुरुङको सक्रियतामा चर्चित गीत ‘साइँली’का गायक रानाले २९ तारिख शनिबार साँझ मनोरञ्जनात्मक बनाएका थिए । लगातार ६ घण्टा गीत प्रस्तुत गरेका गायक हेमन्त रानालाई साइँली गीत दोहो¥याएर गाउन सहभागीहरुले दबाबसमेत दिएका थिए ।

कार्यक्रमको कुशल व्यवस्थापनका लागि आयोजकत्रय अर्जुन खड्का, शैलेस श्रेष्ठ र लछिन गुरुङको भूमिका तारिफयोग्य देखिन्थ्यो भने गायक राणालाई गितारमा एन्जल्स ब्याण्डका राजु लामा, गायक हरिश माथेमाले साथ दिएका थिए । तबलामा न्हुच्छेमान डंगोल, पियानोमा बिमल बुढाथोकी तथा ड्रममा राजेश खड्गीको साथ रहेको थियो ।

Check Also

द होप लोकार्पण

अस्टिन, टेक्सास । प्रख्यात टेलिभिजन पत्रकार किरण मरहठ्ठाद्वारा लिखित पुस्तक ‘द होप’को आइतबार टेक्सासको अस्टिनमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *