Home / News / अन्तर्वार्ता / कतिपय विषय नैतिकता नै हो

कतिपय विषय नैतिकता नै हो

तिलक श्रेष्ठ, महासचिव, एनआरएन अमेरिका ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका निवार्चनको संघारमा रहेको छ । निर्वाचन नजिकिंदै जाँदा झण्डै १७ हजारको साधारण सदस्यता आवेदन परेको अवस्था छ । नेतृत्व चुनिने सरगर्मीको असरसमेत सदस्यता आवेदनमा परेको छनक देखिएको छ । संस्थामा सदस्यता बढ्नु प्रजातान्त्रिक पद्धतीमा सहज, सरल र स्वाभाविक विषय मान्नुपर्दछ । अमेरिकामा रहेका नेपालीको अनुमानिन संख्याको हिसाबले एआरएनए अमेरिकामा आबद्ध हुन खोज्नेहरुको संख्या सन्तोषजनक नभए पनि वर्षेनी एनआरएनए अमेरिकामा बढिरहेको सदस्यता आवेदनले भने संस्थाको सदस्यता दायरा फराकिलो बनिरहेको देखाएको छ । तर विडम्बना, सदस्यता आवेदनमा समेत अपारदर्शी, प्रविधिको दुरुपयोग, आर्थिक चलखेल जस्तो दुराशय राखिएको टीका–टिप्पणीहरु बजारमा आइरहेको छ । यसले संस्थालाई बलियो नभई कमजोर बनाउने र यो प्रक्रिया अघोषित एनआरएनए नेतृत्वमा जाने उत्कण्ठाबाहेक अरु हुन नसक्ने चिन्तासमेत बढेको छ । संस्थामा आएको आवेदनमाथि छानबिन गर्नका लागि संस्थाका महासचिव तिलक श्रेष्ठको संयोजकत्वमा टेक्ससबाट पासाङ लामा, विनोद तिवारी, क्यालिफोर्नियाबाट हरिहर दाहाल र न्यूयोर्कबाट नवराज खड्का सदस्य रहने गरी बनाइएको केन्द्रीय सदस्यता छानबिन तथा प्रमाणीकरण समितिले काम अन्तिम चरणमा पु¥याएको छ । त्यही समितिका संयोजक श्रेष्ठसँग विश्व सन्देशका लागि सुरज भण्डारीले गरेको कुराकानीः

समितिले अहिले के गरिरहेको छ ?

हामी हाम्रो जिम्मेवारी पूरा गर्ने काममा लागिरहेका छौं । केही ढिलो हुन गएको छ, प्राविधिकदेखि लिएर नीतिगत तरिकालाई समेत केलाएर हामीले हाम्रो क्षमता, बुद्धि–विवेकको प्रयोग गरेर काम गरिरहेका छौं । जिम्मेवारी पूरा गर्ने कामको अन्तिम चरणमा हामी छौं भन्न चाहन्छु । पहिला नै बुझाउनुपर्ने थियो । छानबिन गर्नका लागि पर्याप्त समय नपुगेको भनेर स्टेटले भनेको भएर केही समयसमेत थप गरेर हामीले काम गरिरहेका छौं । नयाँ शिराबाट काम भइरहेको छ । कतिपय स्टेट च्याप्टरबाटै पनि केही समय माग भएको थियो । त्यसले गर्दा केही ढिलो हुन गएको हो, स्टेटले भेरिफाइ गरेर हामीलाई पठाएको छ, हामी त्यसमा रिभेरिफाइ गरिरहेका छौं । केही शंका लागेको अवस्थामा हामी च्याप्टरसँग स्थानीय स्तरसम्म सम्पर्क गरेर रिभेरिफाइ गर्ने काममा जुटेका छौं । स्टेटबाट नाम आइसकेको छ, अब त्यसलाई प्रक्रियामा लगेर सदस्यता नामावली सार्वजनिक गर्ने र प्रक्रियागत रुपमा सदस्य भएका तर प्राविधिक कारणले छुट्नुहुने सबैलाई समेटिनका लागि समय उपलब्ध गराई आवश्यक डकुमेन्ट माग गरेर पुनः फाइनल सदस्यको नाम सार्वजनिक गर्ने हामीले कार्ययोजना गराएका छौं । हामीले मे ५ भित्र निर्वाचन समितिलाई सदस्यको नामावली बुझाउने तयारी गरेका छौं । यसो भनिरहँदा सबैलाई लाग्न सक्दछ– समितिले ढिलो ग¥यो, या के छानबिन ग¥यो होला भनेर । यो काम निकै गाह्रो र अपजसी काम हो, तर कोही न कोही त तयार हुनै पर्छ । त्यो काम हामीले लिएका हौं, मसमेत पहिलो पटक यस्तो काममा लागेको हुँ, गाह्रो काम हो भनेर थाहा पाउँदापाउँदै पनि यो जरुरी थियो र कोहीले गर्नुपर्छ भनेर हाम्रो समूहले यो जिम्मेवारी लिएको हो । १७ हजारलाई पर्सनल रुपमा केलाउनु सजिलो पक्कै होइन । हामीले लोकल लेभलमा लगेर त्यहाँको सहयोगले काम गरेका छौं, त्यसले गर्दा सजिलो भएको छ ।

छानबिनको आधारचाहिं के नि ?

भेरिफिकेशनको विधि गाइडलाइन बनाएर गएका छौं । संस्थाको बाइलजभित्रको मेम्बरसिप पोलिसीलाई आधार बनाएर हामीले हाम्रो जिम्मेवारी निर्वाह गरेका छौं । मुख्यतः २ वटा पक्षलाई विशेष जोड दिएका छौं, मेम्बर वन्नका लागि आवश्यक प्रक्रिया पुगेको छ या छैन अनि त्यो हामीले संस्थाको सदस्यताको आधारलाई लिएका छौं भने हामी आफैंले पनि एउटै विधि बनाएर त्यसमा नै हाम्रो फोकस रहेको छ ।

च्याप्टरलाई बाइपास गरियो भन्छन् नि ?

होइन, हामी तल्लो तहसम्म नै पुगेर काम गरेका छौं । सबैको सहयोग लिएर नै यो काम सम्भव हुन्छ, त्यसैले च्याप्टरलाई बाइपास ग¥यो भन्नु किमार्थ सही होइन । हामीले बाइपास गरेकै छैनौं, उहाँहरुले पठाएको भेरिफिकेशनलाई हामीले फाइनलाइज गर्दै गइरहेका छौं, रिभेरिफाइड गरेका छौं, उहाँहरुको सल्लाहलाई लिएर उहाँहरुकै निर्णयलाई मान्यता दिएर अगाडि बढेका छौं, स्टेट च्याप्टर नभएका ठाउँमा मात्रै केन्द्रले काम गरिरहेको छ, नत्र पहिलो काम स्टेट च्याप्टरबाटै भएको छ । लोकल लेभलमा जाँदा व्यक्ति पहिचान गर्न सजिलो हुन्छ हामीले त्यसलाई काम गर्न सजिलो आधारका रुपमा हे¥यौं ।

प्रविधिकै दुरुपयोग भएको रहेछ भने के गर्ने नि ?

तपाईंले भन्न खोज्नुभएको आशयको कुरा गर्दा पक्कै पनि हो । आईटीको पाटोबाट यो विषय केही गाह्रो पक्ष भएको छ । तर, यसलाई हामीले ठूलो विषय बनाउनुभन्दा नैतिकताको प्रश्नको रुपमा लिएका छौं । एनआरएनए अमेरिका वा अरु कुनै संस्था यो हाम्रो संस्थाको हो । यसमा गलत प्रवृत्ति हावी हुन नदिनु हामी सबैको कर्तव्य हो । प्रविधिलाई मान्छेले उपयोग गर्छ या दुरुपयोग त्यो उसको नैतिकताको प्रश्न पनि हो । नैतिकताभन्दा ठूलो कुरा अरु होइन, भेरिफिकेशनको कुरा गर्दा यस सम्बन्धित रहेर काम गर्नु गाह्रोचाहिं देखिएको छ । हामीले यसलाई नैतिकताको कोणबाट हेनुपर्दछ भन्ने लाग्दछ । एउटा चुनाव जित्न वा प्रोपोगाण्डा फैलाउन यदि कसैले यस्तो हर्कत गर्छ वा फेक मान्छे, फेक इमेल तयार गर्छ भने समयले उसलाई समाजमा चिनाउनेछ । यदि त्यस्तो मान्छेले संस्थामा आए के गर्ला र, रियल मान्छेले मात्रै न रियल काम गर्दछ । अर्को कुरा यसलाई चिन्ने कुरा हामी सबै एनआरएनए अमेरिकामा माया गर्ने हामी सबैको कर्तव्य हो भन्ने म ठान्दछु । चुनाव वा नेतृत्व नै सबै हुँदै होइन संस्था प्रधान हो । छद्मभेषी नाम, इमेल बनाएर जाँदा भोलि के पाइन्छ, के लिनु छ र ? त्यसैले यो मुख्य कुरा नैतिकताकै पाटो हो । हुन त छानबिन गर्ने क्रममा छड्के चेक गरेर केहीलाई हटाइएको छ, करिब यो बीचमा २ हजारदेखि २५ सय सदस्य कम हुने देखिन्छ । ती नामहरुलाई हामीले अनभेरिफाइडमा राखेका छौं, यदि उहाँहरु रियल हुनुहुन्छ भने दाबी गर्ने ठाउँ हामीले दिएका छौं । उहाँहरु आउन सक्नुहुन्छ । अर्को कुरा, एउटै लिंक (सर्भर)बाट १५ जनाभन्दा बढी सदस्य बनाइएको अवस्थामा हामीले डेट हेरेर पछि बनेकाहरुलाई हटाउने काम गरेका छौं । सिङ्गल पेयर नेमबाट ३२ देखि ३५ जनासम्म बनेको भेट्यौं, यो सामाजिक सेवाको काम हो, हामीले समाजलाई भोलि उत्तर दिने गरी अघि बढ्नुपर्दछ भन्ने लाग्दछ ।

अन्त्यमा केही ?

हामीले अहिलेसम्म कुनै नाम सार्वजनिक गरेका छैनौं । कुनै वेबसाइटमा पनि राखेका छैनौं, गलत समाचार वा सूचनाको पछि कोही नलागौं । समाजलाई विभाजित होइन एकताबद्ध बनाउनेतर्फ मिडियाले पनि भूमिका खेलोस् भन्न चाहन्छु । मेन कुरा चाहि एनआरएनएलाई राम्रो होस् भनेर मेम्बरसिप लिनुभएका तपाईंहरु कोही पनि गलत सूचनाको पछि नलाग्नुहोस्, प्रतीक्षा गर्नुहोस्, बुद्धि विवेकले भ्याएसम्म मेम्बरसिप भेरिफाइड गरेका छौं, संस्थाको हितमा हामी सबै मिलेर काम गर्दै जाने हो, काम गर्ने दौरान कमी–कमजोरी सबैबाट हुन सक्दछ, त्यसलाई पूर्वाग्रही वा दुराशययुक्त ठान्नुहुँदैन म सबैलाई संस्थाको हितमा जुट्न आग्रह गर्दछु ।

Check Also

एनआरएन अमेरिकाको चुनावी चासो र सदस्यता संख्या

नियमित चुनावी प्रक्रियामा गएको भए आजका दिनसम्ममा एनआरएन अमेरिकाले नयाँ नेतृत्व पाइसकेको हुने थियो । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *