Home / News / समाचार / महाअभियोग प्रस्ताव फिर्ता नभए संसद् चल्न नदिने एमालेको चेतावनी

महाअभियोग प्रस्ताव फिर्ता नभए संसद् चल्न नदिने एमालेको चेतावनी

१२ वैशाख । नेकपा (एमाले) ले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग प्रस्ताव फिर्ता नलिए संसद् अघि बढ्न नदिने चेतावनी दिएको छ । एमाले मुख्यालयमा केही सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो चेतावनी दिएका हुन् । त्यसैगरी एमालेले आजै निर्वाचन आयोगको ध्यानाकर्षण गराउने जानकारी दिएको छ । दोस्रो चरणको निर्वाचन अघि कुनै पनि हालतमा बजेट ल्याउन नदिने, लामो समयको ग्याप राखेर निर्वाचनगर्दा सुरक्षाका दृष्टिले ठीक नहुनेलगायतका विषयमा ध्यानाकर्षण गराउने पनि महासचिव पोख्रेलले जानकारी दिए ।

त्यसैगरी महासविच ईश्वर पोख्रेलले स्थानीय निर्वाचन मुख्य गरेर तीन कारणले आवश्यक भएको बताए । ‘पहिलो कुरा यो निर्वाचन संविधान कार्यान्वयनका लागि महत्वपूर्ण काम हो । दोस्रो सिंहदरवारमा रहेको अधिकार जनताको बीचमा लैजानका लागि हो,’ उनले भने, तेस्रो शान्ति र संवृद्धिका लागि यो निर्वाचन महत्वपूर्ण छ ।’ पोख्रेलले संविधान संशोधन प्रस्तावको ड्राफ संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले तयार पारेको काँग्रेसकै केही नेताहरुले जानकारी दिएको पनि खुलासा गरे ।

उनले संशोधन प्रस्ताव नै गलत भएको भन्दै त्यो प्रस्ताव जसरी पनि अघि बढ्न नदिने दाबी पनि गरे । पोख्रेलले पाँच हजार पाँच सय ६४ दिन सत्ता चलाएको काँग्रेसले देश तहस–नहस गरेको भन्दै जम्मा–जम्मी चौथ सय दिन पनि सत्ता सञ्चालन गर्न नपाएको एमालेलाई काँग्रेससँगै मुछेर आलोचना गर्न गलत भएको पनि उनले दाबी गरे ।

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *