Home / News / प्रवास / युएनए सम्मेलनमा विविध कार्यक्रम

युएनए सम्मेलनमा विविध कार्यक्रम

डलास, टेक्सस । युनाइटेड नेप्लिज एसोसिएसनको हुन लागिरहेको दोस्रो सम्मेलनको अवसरमा विविध कार्यक्रम आयोजना हुने भएको छ । खेलकुद, सांस्कृतिक, प्रविधि, फेशनसँग सम्बन्धित प्रतियोगितात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने भएको हो । आउँदो मे महिनाको २६ देखि २८ सम्म हुने सम्मेलनको क्रममा क्यारियर बिल्डिङ उपयोगी सेमिनारसमेत आयोजना हुनेछ ।

उद्योगी विनोद चौधरी तथा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काको समेत सहभागिता रहने सम्मेलनमा भलिबल, सकर, बास्केटबल, गल्फ, क्रिकेट प्रतियोगिताका साथैं डिजे नाइट, फेशन शो, सांस्कृतिक कार्यक्रम, ट्यालेन्ट शो, बिजनेश एक्स्पोसमेत आयोजना गरिने संस्थाका अध्यक्ष पासाङ लामाले बताए ।

सम्मेलन उद्घाटनको दिन आयोजना हुने ट्यालेन्ट हन्ट शोमा गायन, नृत्य, कला, संगीतलगायतका विधा समावेश गरिएको छ । प्रतियोगितात्मक रुपमा आयोजना हुने शोमा प्रथम हुनेलाई १ हजार र दोस्रो हुनेलाई ५ सय डलर नगदको व्यवस्था गरिएको आयोजकले जनाएको छ । किड्स ट्यालेन्ट शो र ट्यालेन्ट हन्ट शो गरी दुई चरणमा हुने कार्यक्रममा नायिका नन्दिता केसीको सहभागिता रहनेछ ।

Check Also

एनआरएनए आइसिसी अध्यक्ष घलेद्धारा महासचिव केसीले काटेको पत्रलाई अमान्य घोषित

न्युयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचान सम्वन्धी बढ्दो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *