Home / News / प्रवास / टिकट विक्रीमा मोर्गनको साथ

टिकट विक्रीमा मोर्गनको साथ

डलास, टेक्सस । के तपाईं कुनै कार्यक्रम गर्न खोज्दै हुनुहुन्छ ? के तपाईं सफल कार्यक्रम गर्न चाहनुहुन्छ ? के तपाईंलाई कार्यक्रम गर्ने चाहना त छ तर टिकट विक्री कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ ? अब यो चिन्ता लिइरहनुपर्ने छैन । नेपाली युवाहरुले नयाँ कम्पनी मोर्गन इन्टरटेइमेन्ट कम्पनी लिमिटेड तपाईंहरुको सहयोगी बन्न सक्दछ ।

पछिल्लो समय नेपालीका कार्यक्रमहरुसमेत विभिन्न राज्यमा हुने क्रम बढिरहेको छ । यस्ता कार्यक्रमहरुमा यो कम्पनी सहयोगी बन्न सक्नेछ । अनलाइन प्रविधिबाट समेत टिकट विक्री गर्ने उद्देश्य राखेको कम्पनीले इभेन्ट व्यवस्थापनको समेत काम गर्ने कम्पनीका सञ्चालक सरोज सिग्देलले बताए । यसैबीच, डलासमा हुन गइरहेको युनाइटेड नेप्लिज एशोसिएशनको सम्मेलनको अवसरमा प्रवेश पासका लागि मुर्गन इन्टरटेइमेन्टले त्यसको जिम्मा लिएको छ । अनलाइनमार्फत समेत प्रवेश पास लिन सकिने जानकारी दिंदै मुर्गनका सञ्चालक एवम् कार्यक्रमका समेत टिकट विक्री संयोजक सरोज सिग्देलले प्रवासमा रहेका नेपाली युवा पुस्ताका लागि निकै महत्वपुर्ण अवसरका रुपमा रहेको यो सम्मेलनमा सहभागी हुन सबैमा आग्रह गरेका छन् । क्ष्mयचनबल।अयm मार्फत प्रवेश पास लिन सकिने प्रबन्ध मिलाइएको उनले जनाए ।

Check Also

एनआरएनए आइसिसी अध्यक्ष घलेद्धारा महासचिव केसीले काटेको पत्रलाई अमान्य घोषित

न्युयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचान सम्वन्धी बढ्दो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *