Home / News / अन्तर्राष्ट्रिय / कश्मीरमा प्रहरीमाथि हमला, चार जनाको मृत्यु

कश्मीरमा प्रहरीमाथि हमला, चार जनाको मृत्यु

 

एजेन्सी । भारत प्रशासित कश्मीरको कुलगाम जिल्लाको मीरबजारमा शनिवार राती प्रहरीमाथि हमला भएको छ । राती लगातार भएको दुई हमलामा एक प्रहरी र एक विद्रोहीसहित चार जनाको मृत्यु भएको छ ।

श्रीनगरबाट करिब ६० किलोमीटर टाढा कुलगामको मीरबजार इलाकामा भएको सडक दुर्घटना भएको ठाउँमा ट्राफिक जाम हटाउन लागिरहेकाबेला प्रहरीमाथि फायरिङ भएको थियो । त्यो सडक दुर्घटनामा एक जनाको मृत्यु भएको थियो ।

प्रहरी अधिकारीकाअनुसार प्रहरीले दुर्घटनास्थलमा ट्राफिक जाम हटाउदै गर्दा कारमा आएका विद्रोहीले अन्धाधुन्ध गोली प्रहार गर्दा प्रहरीका एक जवानको समेत मृत्यु भएको हो ।

घाइतेको श्रीनगरस्थित अस्पतालमा उपचार भइरहेको छ । आक्रमण भएको इलाकामा आक्रमणकारीको खोजी कार्य तीब्र पारिएको छ ।

कुलगाम जिल्लामा केही दिनअघि भएको विद्रोही हमलामा दुई बैंक कर्मचारी र पाँच सुरक्षाकर्मी मारिएका थिए । गएको एक महिनामा दक्षिण कश्मीरमा विद्रोही हमला बढ्दै गएको छ ।

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *