Home / News / अमेरिकामा वकिलसँग परामर्श / वकिलसँग कानुनका कुरा

वकिलसँग कानुनका कुरा

रमेश श्रेष्

मैले युएससीआईएसमा एसाइलमको निवेदन गरेको थिएँ। मेरो विवाहपछि श्रीमान्को युएस सिटिजनसिप प्राप्त भएकाले उहाँसँगै फेमिली पेटिसन गरें। त्यसपछि मेरो एसाइलमको निवेदन विथड्र गरें। तर, पछि युएससीआईएसबाट सोही एसाइलमको निवेदनलाई कोर्टमा पठाई फेरि अन्तरवार्ताका लागि चिट्ठी पठाएको छ। मेरो युएससीआईएसमा पेस गरेको फेमिली पेटिसनको रिसिप्ट लेटर आएको छैन। अब मैले के गर्नुपर्छ होला, सुझाव पाए आभारी हुने थिएँ।

– डोमा शेर्पा, न्यूयोर्क

डोमाजी, अमेरिकी अध्यागमनले कुनै पनि विदेशी नागरिकको भिसा नभएको वा कुनै पनि लिगल स्टाटसमा नभएको भन्ने जानकारी पाएपछि सो विदेशी नागरिकलाई रिमोभल प्रोसिडिङमा राखी कारबाहीका लागि इमिग्रेसन कोर्टमा पठाउनुपर्ने हुन्छ। तपाईंको केसमा पनि तपाईंको श्रीमान्ले अमेरिकी नागरिकता प्राप्त गरेर उहाँले तपाईंका लागि भिसा पेटिसन (आई–१३०) युएससीआईएसमा पेश गरे तापनि तपाईंको भिसा स्टाटस अहिले पनि गैरकानूनी नै रहेको मानिनेछ ।

त्यसैले तपाईंले एसाइलमको निवेदनलाई लिखितरुपमा फिर्ता लिए पनि तपाईंको भिसा नभएको वा गैरकानूनीरुपमा अमेरिकामा बसेको भन्ने युएससीआईएसलाई लागेकाले कारबाहीका लागि तपाईंको केस इमिग्रेसन कोर्टमा पठाएको हुनुपर्छ । माथि उल्लेख गरेअनुसार एसाइलमको निवेदन कोर्टमा पठाउनु भनेको तपाईंलाई अमेरिकाबाट निष्काशनका लागि रिमोभल प्रोसिडिङमा राखेको हुनुपर्छ । यस अवस्थामा, यदि तपाईंलाई इमिग्रेसन कोर्टबाट सुनुवाइका लागि नोटिस आइसकेको छ भने उक्त सुनुवाइ मितिमा अनिवार्यरुपमा कोर्टमा तोकेको मिति, समय र स्थानमा उपस्थित हुनुपर्नेछ । त्यस अवस्थासम्म यदि तपाईंको श्रीमान्ले पेस गर्नुभएको पेटिसन स्वीकृत भएको छैन भने कोर्टको केसलाई लम्ब्याएर राख्नुपर्ने हुन्छ । तपाईं रिमुभल प्रोसिडिङमा भएकोले तपाईंको आई–१३० पेटिसन स्वीकृत भए पनि उक्त प्रोसिडिङ टर्मिनेट नभएसम्म एडजष्टमेन्ट अफ स्टाटस अर्थात् ग्रीनकार्ड प्राप्त भने गर्न सक्नु हुनेछैन ।

त्यसरी नै यदि सुनुवाइको मितिमा कोर्ट जानु नभएमा तपाईंको अनुपस्थितिमा इमिग्रेसन जजले तपाईंविरुद्ध डिपोर्टेसन अर्डर पनि जारी गर्न सक्नेछ । डिपोर्टेसन अर्डर जारी भएको खण्डमा तपाईंको युएस सिटिजन श्रीमान्ले पेस गर्नुभएको आई–१३० पेटिसन स्वीकृत भए पनि तपाईं ग्रीनकार्ड प्राप्त गर्न अयोग्य हुनु हुनेछ र तपाईंको केस धेरै जटिल (कम्प्लिकेटेड) हुनेछ । त्यसैले अनुभवी इमिग्रेसन लयरको सहयोग लिन सुझाव छ ।

Check Also

वकिलसँग कानुनका कुरा

म सन् २००२ मा बी–२ भिसामा अमेरिका आएको थिएँ। सन् २००७ मा असाइलमको निवेदन गरें। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *