Home / News / प्रवास / नेपाली समुदायका लोकप्रिय गायक

नेपाली समुदायका लोकप्रिय गायक

जानु पंगेनी / सिकागो

हँसिलो अनुहार अनि सुमधुर स्वर । सिकागोमा हुने हरेक नेपाली कार्यक्रमका पहिलो रोजाई हुन् जगदिश यादव । १२ वर्षअघि अमेरिकाको डाइभर्सिटी भिसा (डिभी)अन्तर्गत यहाँ आएका उनी अहिले आफ्नो पहिलो आधुनिक एल्बमको लागि व्यस्त छन् ।

पछिल्ला वर्षमा सिकागोमा हुने हरेक नेपाली कार्यक्रममा उनको प्रस्तुती अनिवार्य जस्तै भएको छ । सिकागोमा वस्ने नेपालीमाझ उनी ख्यातीप्राप्त गायकसंगै परिचित छन् । सप्तरीको राजविराजमा जन्मिएका ४० वर्षिय यादवले वाल्यवस्थादेखि नै गित गाउन सुरु गरेका हुन् । आफ्नो बाल्यकालका मित्र राकेशकुमार दाससँग संयुक्त रुपमा गीत गाउँदा गाउँदै उनले स्कुल लगायत स्थानिय स्तरका कार्यक्रममा गित गाउन सुरु गरे । ‘सानैदेखि नै मलाई सवैले राम्रो स्वर भनेर तारिफ गर्दथे’ उनले भने ‘त्यसपछि म झन उत्साहित हुन थाले ।’ अमेरिका आएदेखि नै एल्बम निकाल्ने प्रयास गरिरहे पनि यहाको व्यस्तताले समय दिन नसकेको उनले गुनासो गरे । एल्वम निकाल्ने उनको सानैदेखिको रहर थियो । तर संगित पनि नसिकेको हुनाले उनलाई एल्बम निकाल्न त्यति सहज भएन्् ।

यहाँ आएपछि सिकागोस्थित नेपाली समुदायका कार्यक्रममा सक्रिय सहभागिता जनाउदै आएका यादवले सिकागोल्याण्ड फ्रेन्डसिप सोसाइटी नेपाल(सिएनएफएस) र नेपाली थारु कम्युनिटी सिकागोको हरेक कार्यक्रममा नियमित रुपमा अतिथि कलाकारको रुपमा आफ्नो प्रस्तुती दिदै आएका छन् । त्यसको अलवा उनले अन्य नेपाली कार्यक्रममा समेत आफ्नो प्रस्तुती दिदै आएका छन् । यहि वर्षको अन्तिमसम्ममा नेपाल या भारत गएर गित रेर्कड गराउने सोच यादवको रहेको छ । अहिले उनले गित आफैले लेखेर गायन अभ्यास गरिरहेका छन् । उनले नेपाली, मैथिली हिन्दी र भोजपुरी भाषामा गीत गाउँछन् ।

खासगरी उनी आधुनिक गायनमा बढी रुचि राख्ने गर्छन् तर उनले अहिलेसम्म कुनै  संगितको कक्षा लिएका भने छैनन् । सप्तरीमा संगित पाठशाला नभएको हुदा पनि संगित सिक्न अनुकुल नभएको उनी बताउछन् । उनको एल्बम निकाल्ने पहिलेदेखिको नै इच्छा थियो । उनी नेपालमा छँदा स्कुलमा पढ्दादेखि नै स्थानिय तथा जिल्लास्तरीय कार्यक्रममा नियमित रुपमा गित गाउने गर्थे । यसै क्रममा उनी धेरै पटक पुरस्कृत समेत भएका थिए । केहि प्रतियोगितामा उनले प्रथम स्थान हासिल समेत गरेका थिए ।

‘पेशागत रुपमा गायन क्षेत्रमा नलागे पनि आफ्नो गायनलाई निरन्तरता दिन पाउँदा उनी खुशी छु,’ उनले भने– ‘यहा वस्ने नेपालीको माया प्रोत्साहनले नै मलाई गायनलाई थप उर्जा प्रदान गरेको छ ।’

Check Also

सिंगारिंदै ज्याक्सन हाइट्स प्लाजा

उर्गेन शेर्पाले पहिर्याए मेयरलाई खदाग न्यूयोर्क । ज्याक्सन हाइट्सस्थित दक्षिण एसियाली आप्रवासीहरुको चौतारी ‘डाइभर्सिटी प्लाजा’ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *