Home / News / अमेरिकामा वकिलसँग परामर्श / वकिलसँग कानुनका कुरा

वकिलसँग कानुनका कुरा

रमेश श्रेष्

विश्व सन्देश साप्ताहिकबाट कानुनी प्रश्नको जबाफ निरन्तररुपमा दिई नेपाली समुदायलाई सेवा पु¥याउनुभएकोमा कानुनविद् रमेश श्रेष्ठलाई धन्यवाद दिनु चाहन्छु। यसै क्रममा मेरो आफन्तको पनि एक प्रश्न भएकाले तपाईंसामु विश्व सन्देश पत्रिकामार्फत जिज्ञासा राखेको छु। मेरो दाइका लागि पेश गरेको आई–१३० पेटिसनमार्फत नेपालमा भिसा लाग्ने भएको छ। मेरो दाइ, भाउजु र सानी छोरी नेपालमै भएकाले उनीहरुले युएस एम्बेसीमा नै अन्तरवार्ता दिने भएका छन्। मेरो भतिज, जो अहिले १८ वर्ष भएको छ। ऊ अहिले अमेरिकामै एफ–१ भिसामा पढिरहेको छ। उसलाई नेपाल गएर बुबाआमासँगै भिसाको अन्तरवार्ता लिन पढाइ र दूरीका कारण कठिनाइ भएकाले साह्रै दुविधामा परेका छौं। त्यसैले प्रश्न प्रश्न यो छ कि मेरो भतिजले नेपालमै गएर भिसाको अन्तरवार्ता बुबासँगै गएर दिनुपर्ने हुन्छ कि वा उसको बुबाको नाबालक छोराको नाताले अमेरिकामै ग्रीनकार्डको निवेदन दिन सक्नेछन्? सरल भाषामा बुझाइदिनुहुनेछ भन्ने आशा राखेको छु। धन्यवाद।

– प्रकाश कार्की, न्यूजर्सी

यो प्रश्न उत्तरको स्तम्भलाई माया गर्नुभएको र यसको निरन्तर पाठक हुनुभएकोमा म व्यक्तिगत रुपमा र विश्व सन्देश पत्रिकाको तर्फबाट धन्यवाद दिन चाहन्छु ।

अमेरिकी अध्यागमन कानूनअन्तर्गत फेमिली पेटिसनका आधारमा अमेरिकी नागरिक दाजुभाइ, दिदीबहिनीहरुले आफ्ना सहोदर दाजुभाइ र दिदीबहिनीहरुलाई ग्रीनकार्डका लागि निवेदन पेस गर्न सकिने हुन्छ । यस अवस्थामा यो चौथो प्रिफरेन्स पारिवारिक निवेदनका लागि भिसा बुलेटिनमा ग्रीनकार्डको भिसा उपलब्ध भएको खण्डमा त्यस आई–१३० पेटिसनका प्रमुख बेनिफिसियरी र उसका श्रीमान् वा श्रीमती र नाबालक (२१ वर्षभन्दा मुनिका) बच्चाहरुले पनि ग्रीनकार्ड प्राप्त गर्न सक्ने हुन्छ । यी बेनिफिसियरीहरु आफ्नै मुलुकमा भए युएस एम्बेसीमा अन्तरवार्ताका लागि प्रोसेस गरी त्यहींबाट ग्रीनकार्ड भिसा प्राप्त गर्न सक्ने हुन्छ ।

अब तपाईंको प्रश्नमा एक नाबालिग बच्चा पहिलेदेखि नै अमेरिकामा स्टुडेन्ट भिसामा बसिरहेको अवस्थामा के गर्न उचित हुन्छ भन्ने प्रश्नको उत्तर यस प्रकार छ- (१) यदि मिल्छ भने अमेरिकामा रहेको बच्चाले पनि नेपालमै गएर बुबाआमासँगै अन्तरवार्ता दिएको खण्डमा सबैभन्दा सजिलो र छिटो हुनेछ । (२) तर, पढाइ वा अन्य कारणले नेपाल गई अन्तरवार्ता दिन नसकिने अवस्था छ भने उक्त नाबालक बच्चाले अमेरिकामै पनि ग्रीनकार्ड प्राप्त गर्न सक्ने व्यवस्था छ । तर, अमेरिकामै ग्रीनकार्ड प्राप्त गर्न वा योग्य हुनका लागि सर्वप्रथम प्रमुख वा प्रिन्सिपल बेनिफिसियरीले इमिग्रान्ट भिसा युएस कन्सुलेटबाट प्राप्त गरेको हुनुपर्नेछ । उक्त ग्रीनकार्ड भिसा प्राप्त गरिसकेपछि सो प्रिन्सिपल बेनिफिसियरीले अमेरिकामा पर्मानेन्ट रेसिडेन्टको हैसियतले प्रवेश गर्नुपर्नेछ । त्यसपश्चात् अमेरिकामा रहेको नाबालकले आफ्नो बुबा वा आमाले पाएको ग्रीनकार्डका आधारमा आई–४८५ एप्लिकेसन युएससीआईएसमा पेश गर्न सक्नेछ । उक्त आई–४८५ निवेदन स्वीकृत भएपछि सो नाबालकले पनि ग्रीनकार्ड अमेरिकामै प्राप्त गर्नेछ ।

माथि उल्लेख भएअनुसार तपाईंको दाइले इमिग्रान्ट भिसा अमेरिकी कन्सुलेट अफिसमा प्राप्त गरी अमेरिकामै लफुल पर्मानेन्ट रेसिडेन्टका आधारमा प्रवेश गर्नुभएको खण्डमा तपाईंको भतिजले पनि अमेरिकामै आई–४८५ एप्लिकेसन पेश गरी ग्रीनकार्ड प्राप्त गर्न सक्नुहुनेछ ।

Check Also

वकिलसँग कानुनका कुरा

मैले युएससीआईएसमा एसाइलमको निवेदन गरेको थिएँ। मेरो विवाहपछि श्रीमान्को युएस सिटिजनसिप प्राप्त भएकाले उहाँसँगै फेमिली …

Leave a Reply

Your email address will not be published. Required fields are marked *