Home / News / प्रवास / ‘सोइ ढोले सोइ’ म्युजिक भिडियो सार्वजनिक

‘सोइ ढोले सोइ’ म्युजिक भिडियो सार्वजनिक

न्यूयोर्क । उभौली पर्वको अवसर पारेर गायिका वसन्ती राईले आफ्नो एकल गीतिएल्बममा समावेश एक गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । भर्सटायल गायक राजेशपायल राई र वसन्ती राईको स्वर रहेको साकेला भाकाको गीत ‘सोइ ढोले सोइ…’को म्युजिक भिडियोलाई चर्चित हाँस्यकलाकार विल्सनविक्रम राईले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बुढाकै भूमिकामा देखिएका छन् भने उनलाई मोडल एलिसा राईले साथ दिएकी छन् । दर्जनौं म्युजिक भिडियो र लुट–२ मा समेत अभिनय गरिसकेकी एलिसा व्यस्त मोडल हुन् । राजेशपायल अमेरिका भ्रमणकै क्रममा न्यूयोर्कमै रेकर्ड गरिएको उक्त गीतको शब्द तथा संगीत गायक बिमल डाँगीको रहेको छ ।

किरात समुदायको मौलिक एवम् परम्परागत साकेला सिली समावेश गरिएको उक्त गीतको म्युजिक भिडियोलाई कमल राईले कोरियोग्राफ गरेका हुन् । म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन र भरत रेग्मीले सम्पादन गरेका छन् ।

Check Also

सिंगारिंदै ज्याक्सन हाइट्स प्लाजा

उर्गेन शेर्पाले पहिर्याए मेयरलाई खदाग न्यूयोर्क । ज्याक्सन हाइट्सस्थित दक्षिण एसियाली आप्रवासीहरुको चौतारी ‘डाइभर्सिटी प्लाजा’ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *