Home / News / मनोरञ्जन / विशेषता बनिन् लिटिल मिस प्लानेट

विशेषता बनिन् लिटिल मिस प्लानेट

टर्कीको बोड्रम शहरमा आयोजित बालबालिकाहरुसँँग सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा मापन प्रतियोगिता ‘लिटिल मिस एण्ड मास्टर वल्र्ड युनिभर्स–२०१७’मा नेपालकी विशेषता बुढाथोकीले लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्ड जितेकी छिन् । विश्वभरका करिब तीन दर्जन मुलुकका बालबालिकाको सहभागिता रहेको उतm प्रतियोगितामा विशेषताको सहभागितालाई ई–प्लानेटले व्यवस्थापन गरेको थियो । विशेषता बालुवाटारस्थित जोन डेवे स्कुलमा कक्षा ५ अध्ययनरत छात्रा हुन् ।

नेपालको प्रतियोगिताअन्तर्गत मिडिया ल्याण्डको आयोजनामा सञ्चालन भएको जुनियर ब्याटलअन्तर्गतको लिटिल प्रिन्स एण्ड प्रिन्सेस–२०१७ विधामा सेकेन्ड रनरअप भएकी विशेषताको अन्तर्राष्ट्रिय प्रतियोगिताको संयोजन मिडिया ल्याण्डले गरेको हो । उक्त प्रतियोगितामा सहभागी हुनुपूर्व विशेषताले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितासम्बन्धी आधारभूत पक्ष तथा प्रस्तुतीकरणका विषयमा कोरियोग्राफर रोजिन शाक्यसँँग प्रशिक्षण लिएकी थिइन् । विशेषतालाई स्वजन रघुवंशीले ट्यालेन्ट राउण्डका लागि तयार पारेका थिए भने उनका पहिरन फेसन डिजाइनरद्वय उत्तम बनेपाली तथा जानकी श्रेष्ठले तयार पारेका थिए ।

Check Also

इन्दिराको अर्को जन्म

न्यूयोर्क । गीतकार इन्दिरा चेम्जोङले गत शनिबार आफ्नो एकल गीतिएल्बम ‘अर्को जन्म’ सार्वजनिक गरेका छन् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *