Home / News / अमेरिकामा वकिलसँग परामर्श / वकिलसँग कानुनका कुरा

वकिलसँग कानुनका कुरा

रमेश श्रेष्

मेरो बीएको ग्राजुएन २०१५ मा भएपछि एक वर्षको ओपीटी थियो । टीपीएस आएकाले टीपीएसका लागि दर्ता पनि गरें। यसपालि समयमै टीपीएसको पुनः दर्ता पनि गरें। मेरो ओपीटी समाप्त भए पनि इलिगल भएर नबस्ने इच्छा भएकाले एफ–१ भिसा कायम राख्नका लागि भोकेस्नल कोर्स गरेर एफ–१ भिसा कायम गरिराखेको थिएँ। अहिले झण्डै १ वर्षसम्म यसरी नै भिसा कायम राखेको छु। तर, यसको कारणले धेरै पैसा र समय बर्बाद भइसक्यो। टीपीएसको अर्को जुन २४, २०१८ सम्म म्याद रहने भएकाले मेरो एफ–१ भिसा कायम गर्न जारी राखौं कि नराखौं भनेर अन्योलमा परेको छु। के गर्दा उचित होला? सुझाव दिनुहुनेछ भन्ने आशा गर्दै यो प्रश्न राखेको छु।

– जे आचार्य, न्यूयोर्क

टीपीएसको नवीकरणका लागि पुनः दर्ता गरी राम्रो कदम चाल्नुभएको छ । भिसा हुँदाहुँदै वा कुनै पनि नन–इमिग्रान्ट स्टाटसमा रहँदाको अवस्थामा टीपीएसको आवेदन पेश गर्नुभएको छ भने टीपीएसको निवेदन स्वीकृत भएको खण्डमा टीपीएसको म्यादसम्म उक्त टीपीएस प्राप्त गर्ने व्यक्तिलाई लिगल स्टाटसमा नै रहेको मानिनेछ । यदि पछि टीपीएसको म्याद युएससीआईएसले थप नगर्ने स्थिति परेको खण्डमा वा उक्त निवेदकलाई अन्य स्टाटस जस्तै एच–१बी वा एल–१ वा एफ–१ मा चेन्ज अफ स्टाटस गर्नुपर्ने अवस्था पर्न आएको खण्डमा टीपीएसको म्याद कायमै रहेको अवस्थामा चेन्ज अफ स्टाटसको निवेदन पेश गर्न सकिनेछ ।

तपाईंको टीपीएसको म्याद कायमै रहेको र आउँदो जुन २४, २०१८ सम्म टीपीएसको म्याद रहने भएकाले एफ–१ को स्टाटस कायम गरिरहनु जरुरी देखिंदैन । यदि एफ–१ को स्टाटसमा रही कुनै एकेडेमिक डिग्री प्राप्त गर्नका लागि पढिरहनुभएकोमा बाहेक, मात्र स्टाटस कायम राख्नका लागि एफ–१ भिसामा बस्न जरुरी देखिंदैन । त्यसैले समय र पैसाको बर्बादी नगरी टीपीएस स्टाटसमा मात्र रहनुभए पनि तपाईंको स्टाटस लिगल नै रहनेछ र माथि भनेअनुसार अवस्था हेरी चेन्ज अफ स्टाटस गर्न सक्नुहुनेछ । यसका साथै स्पोन्सरसिप पाउनुभएको खण्डमा इम्प्लोइमेन्ट बेस्ड पेटिसनअन्तर्गत ग्रीनकार्डका लागि पनि प्रयास गरेमा राम्रो हुने सुझाव छ ।

Check Also

वकिलसँग कानुनका कुरा

म सन् २००२ मा बी–२ भिसामा अमेरिका आएको थिएँ। सन् २००७ मा असाइलमको निवेदन गरें। …

Leave a Reply

Your email address will not be published. Required fields are marked *