Home / News / अन्तर्राष्ट्रिय / लिबियामा कम्तीमा २० जनाको मृत्यु

लिबियामा कम्तीमा २० जनाको मृत्यु

जेठ १० । लिबियातर्फको समुद्री किनारदेखि ३० माइल टाढा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

अन्सा समाचार संस्थाले बुधबार दिएको जानकारीअनुसार इटलीतर्फ गइरहेको डुङ्गा दुर्घटना भएको हो । दुर्घटना भएको बेला डुङ्गामा झन्डै पाँच सय जना यात्रु रहेका थिए ।

दुर्घटनामा परेकालाई उद्धार गर्न ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तथा उद्धारकर्ताहरु खटाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *