Home / News / साता सुन्दरी / शुभेच्छाले पहिलोपटक र्याम्प नाप्दा…

शुभेच्छाले पहिलोपटक र्याम्प नाप्दा…

नेपालमा पनि पाश्चात्य सभ्यताको अग्रणी पुल पार्टीहरु भव्य रुपमा हुने गरेको छ । जसमा युवाहरुको अत्यन्त आकर्षण रहने गरेको छ । पुल पार्टी भन्नाले विशेषतः सानोतिनो स्विमिङ पुल नजिक गरिने डिजे सेसनसहितको ग्ल्यामर्स फेसन शो भन्ने बुझिन्छ ।

यसै पुल पार्टीलाई नेपालको इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा बेग्लै पहिचान र उत्कृष्टता हासिल गर्न सफल मोहना क्षेत्रीको मर्निङ ग्लोरी इन्टरटेनमेन्ट, ग्ल्यामोरुसिकोन तथा इन्टरनेशनल क्लबको संयुक्त आयोजनामा पुल पार्टी भव्य रुपमा सम्पन्न भएको छ ।

गत शनिबार ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लबमा आयोजित पुल पार्टीमा नायिका शुभेच्छा थापाले र्याम्प नाप्दै गर्दा ग्ल्यामर्स फेसन शोमा माहोल तातिएको थियो । फेसन शोमा पहिलो पटक क्याटवाक गरेकी अभिनेत्री थापाको छनकलाई सबैले अत्यन्त रुचाएको थियो । साथमा विभिन्न नेपाली भेट्रान मोडलहरुको सहभागिताले कार्यक्रममा रौनकता थपेको थियो ।

Check Also

भिन्तुना जोशीको धोको– सौगातसँग अनस्क्रिन रोमान्स

नेपाल भाषाका चलचित्रमा भिन्तुना जोशीले निकै ख्याती कमाएकी छन् । दर्जनौं नेवारी चलचित्रमा अभिनय गरेकी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *