Home / News / अमेरिकामा वकिलसँग परामर्श / वकिलसँग कानुनका कुरा

वकिलसँग कानुनका कुरा

रमेश श्रेष्

म अमेरिकामा एफ–१ भिसामा आएको थिएँ। एफ–१ भिसा कायम गर्न नसकेपछि आउट अफ स्टाटसमा बसेको थिएँ। टीपीएस आएपछि २०१५ देखि टीपीएसमा रही काम गरिरहेको छु। गत डिसेम्बरमा टीपीएस नवीकरणका लागि निवेदन पेश गरें, तर अहिलेसम्म निर्णय आएको छैन। मेरो पुरानो वर्क परमिटको म्याद पनि समाप्त भइसकेको छ। यो अवस्थामा के मलाई राष्ट्रपति ट्रम्पको विस्तारित डिपोर्टेसन नीतिले समस्यामा पार्न सक्छ होला? यदि आईसीईको एजेन्टहरुले पुछताछ गरेको खण्डमा म अमेरिकामा बस्ने र काम गर्ने इजाजत प्राप्त हुँ भनेर के प्रमाण पेश गर्नुपर्ने हुन्छ होला? के त्यस्तो अवस्थामा म समस्यामा पर्न सक्छु होला? सही सल्लाहको अपेक्षामा।

– अदित्य, टेक्सास

एफ–१ भिसा समाप्त भएर इलिगल भए तपानि टीपीएसको स्टाटस प्राप्त गरेपछि तपाईंको स्टाटस लिगल भएसरह मानिन्छ । तर, त्यो स्टाटस टीपीएसको म्याद कायम भएसम्म मात्र रहेको मानिनेछ । पहिलो चोटिको टीपीएस डिसेम्बर २४, २०१६ सम्म मात्र भए तापनि तपाईंले नवीकरण वर्न रि–रजिष्ट्रेसनका लागि निवेदन पेश गरी युएससीआईएसले प्रोसेसिङमा राखेको छ भने उक्त निवेदनको स्वीकृति नआए तापनि तपाईंलाई उक्त निवेदन पेन्डिङ हुन्जेलसम्म लिगल नै मानिनेछ । तपाईंको नयाँ वर्क परमिट नआए तापनि पुरानो वर्क परमिट युएसीआईएसले जुन २४, २०१७ स्वतः मान्य हुने भन्ने नीति लिएकाले कानूनीरुपमा तपाईंलाई अमेरिकामा हाल काम गर्न र बस्नका लागि स्वीकृति भएको मानिनेछ । तपाईंको टीपीएस निवेदनको स्वीकृति र नयाँ वर्क परमिट आएपछि जुन २४, २०१८ सम्म कानूनीरुपमा बस्न र काम गर्न इजाजत प्राप्त हुनेछ ।

तर अहिलेको अवस्थामा यदि आईसीईसँग तपाईं सम्पर्कमा आउनुभयो र इन्क्वायरीमा पर्नुभयो भने पुरानो टीपीएसको एप्रुभल, वर्क परमिट र नयाँ टीपीएस निवेदनको युएससीआईएसले जारी गरेको नोटिस, फिङ्गर प्रिन्ट लिएको कागजपत्रहरु प्रस्तुत गर्नुभएमा तपाईंलाई समस्या पर्ने छैन । त्यसैले यी कागजपत्रहरु आफ्नो साथमा राख्नुभएको खण्डमा आवश्यक परेका बेलामा अविलमब पेश गर्न सकिनेछ । तर, यदि आवश्यक परेका बेलामा जरुरी कागजपत्रहरु पेश गर्न नसके अनावश्यक समस्यामा पर्न सकिने सम्भावना हुनेछ ।

 

Check Also

वकिलसँग कानुनका कुरा

मैले युएससीआईएसमा एसाइलमको निवेदन गरेको थिएँ। मेरो विवाहपछि श्रीमान्को युएस सिटिजनसिप प्राप्त भएकाले उहाँसँगै फेमिली …

Leave a Reply

Your email address will not be published. Required fields are marked *