Home / News / विचार / भूकम्प

भूकम्प

सर्वज्ञ वाग्ले

भूकम्प, भूकम्प, भुइँचालो र भैंचालो जे–जे भने पनि कुरोको चुरो भने एउटै हो । जेहोस् भूकम्प भन्ने नाम सुन्नासाथ नेपालाँ आएको महाभूकम्पको याद आउँछ र मन, मुटु, मस्तिष्क तथा पूरै शरीर हल्लिएर आउँछ । किनकी दुई वर्षअघि नेपालाँ बहत्तर साल, वैशाख महिनाको बाह्र गते, बाह्र बजे बारपाक केन्द्र भएर विनाशकारी भूकम्पले भुत्ल्याएको सम्झनाले चह¥याउँछ । कतिपय यस्ता घाउहरु हुन्छन् । जसलाई बिर्सन चाहेर पनि बिर्सनै सकिन्न । जुन घाउले टोकिरहन्छ, चिमोटी रहन्छ, दुखिरहन्छ सधैं–सधैं आलै हुन्छ नसम्झने, नतर्सने र नथर्कने त पालै आउँदैन ।

घटना घटेको दुई वर्ष भइसक्यो । दुई वर्ष मात्र हो र अझ कति हुन्छन्, हुन्छन् । वर्षलाई रोकेर नि कसैले सक्ला ? हुने कुरा अरे पो ? भूकम्पले देश थिलोथिलो पारेको त्यसमा पनि राजनीतिले चिथोरेको मधेश, तराई, पहाड र हिमाल तथा जातजातिको नामले कोर्दै, भत्काउँदै, चिर्दै, चोइटाउँदै अर्को भूकम्प ल्याएको ।

त्यस्तो देशाँ फेरि धुर्मुस, सुन्तली, दिनेश तमाङ, शेष घले, उपेन्द्र महतो, रविन्द्र मिश्र, मह जोडीजस्ता जोडदार मानवको जन्म सीता, भृकुटी, राजा जनक, गौतम बुद्ध, पृथ्वीनारायण, लक्ष्मीप्रसाद, भानुभक्त, शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्दजस्ताको जन्मले र कर्मले त्याएको भूकम्प पनि अर्को सकारात्मक र संरचनात्मक भूकम्पै हो ।

भूकम्प भन्नाले हामी खाली विनाशकारी मात्रै सम्झन्छौं । त्यसैले हामीलाई डर मात्रै लागिरह्यो । अब भूकम्प त राजनीतियाँ हाम्रोजस्तो महान देशका महान नेताले मात्रै ल्याउने हो र संसाराँ चल्ने वार्ता, चुनाव, चुनावको साँठगाँठ, विरोध सम्बन्ध, सीमारेखा, प्रदेश, संविधान, संसदीय हाथापाइ, देशको सन्धिको भर्पाइ, सीमाको सीमांकन्न, आयात–निर्यात, बन्द–व्यापार, हड्ताल, नारा–जुलुसले ल्याउने भूकम्प त झन् तुजुकको हुन्छ नि ।

यहाँ मात्रै हैन संसारकै कुरा गर्ने हो भने पनि मानव सभ्यताको तुजुकलाई विचार गर्दा बन्द–हडताल, नारा–जुलुसलाई हेर्दा म त शक्तिशाली नेता, मेरो त शक्तिशाली पार्टी हो भन्ने महान र शक्तिशालीको शक्ति त खास भूकम्पले देखाइदिन्छ । भूकम्पले शक्तिको औकातलाई अर्को समय नदिई क्षणमै क्षम्की दिन्छ । मै हुँ भन्ने पार्टी, सरकार र देशलाई क्षणमै शेष बनाइदिन्छ । म ठूलो भन्नेको औकÞात देखाइदिन्छ । म धनी भन्नेको धनको ध्वाँस देखाइदिन्छ । म पावरफूल छु भन्नेको पावरको तार छिनाइदिन्छ । मैले जे पनि गर्न सक्छु भन्नेको औकÞात जीवनाँ जिम्दै जिल्याइदिन्छ । नपत्याए जापाना दिनै जाने भूकम्प, अमेरिका क्यालिफोर्निया पुलै भाँच्या भूकम्पलगायत फिलिपिन्स, इथोपियालगायतका भूकम्पको चर्चा सुन्नु नै भएको होला । नेपालको महाभूकम्प आएर त झन् तर्साइदियो पो ।

हाम्रो मात्रै मुलुकको कुरा हो र ? जापान, अमेरिका, युरोप, भारतलगायत संसारका मै हुँ भन्ने राष्ट्रलाई त छिनमै स्वाहा बनाइदिन सक्छ । कुरोको चुरो यति हो कि कतिपय राष्ट्रका विवेकशील नेताहरुले विवेकका भराँ विकसित राष्ट्रपीडितलाई बेथिति हुन दिन्नन् । कतिपय राष्ट्राँ अविवेकी नेताहरुले साना–साना कुराँ अक्कल नपु¥याउँदा कामकुरा चुरो नबुझेर झन् धकलिन्छन् । तिथि र थितिको के कुरा मिति पनि सितिमिति ठेगानै हुन्न । कामभन्दा आवाज चर्को, कर्म र धर्मको के कुरा ? भूकम्पलाई भूकम्पपीडितकै नाम्माँ ठाम ठाम्मा चन्दा बाक्सा थाप्न सयौं वर्ष खर्च गर्न पछि नपर्ने राष्ट्र कति छन् कति । त्यसलाई भन्छ– ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ।’

तर, हाम्रो मुलुकाँ के हुँदैछ ? सामान्य जनतालाई सामान्य जानकारी छ कि छैन मैले भन्ने हैन । ‘मुख छँदाछँदै नाकले पानी खान हुन्न ।’ मैले यो कुरा अर्नै हुन्न । अरे पनि टुंगै लाउन सक्दिन । संसारका मुलुकाँ पनि भूकम्प गएको मैले देखें । आलिसान महल भएका छिनमै फुटपाथाँ पुगेका, फुटपाथका त फुटपाथैयाँ छन् नि । कतिले शान बनाएको आलिसान महलमै थिचिएर मरेको खबरले दिक्क वनायो । आखिराँ को नै रहेछ र महान ? महान बनेरै पृथ्वीयाँ झरेको ? धनी भएर नमरेको ?

संसारका जुनसुकै मुलुकाँ र जुनसुकै बेलाँ आउन सक्ने विनासकारी भूकम्प आउनासाथ धनीमानी, दानी ठूलाबडा पहिला पुग्छन् । साथाँ ब्रिफकेस, हाताँ चेक अनि साइडाँ मन्त्री, प्रधानमन्त्री महोदयलाई चेक हस्तान्तरण गर्दा मन्द मुस्कानले सबैको ओठाँ हाँसो हुन्छ । पत्रकार अगाडि पछाडि फोटो सेसन आफ्नो फेसन एकै क्षणका लागि लाग्छ कुनै शुभकार्य हुँदैछ । उनीहरुका लागि भूकम्प आयो र खुशी ल्यायो । पत्रपत्रिका र टिभीको लाइभाँ उनीहरुको नाम दोहो¥यायो, तेह¥यायो । पटक–पटक खुस खबरी सुनायो । ‘फलानाले यति पैसा दिनुभयो ! फलानाले उति ! ढिस्कानाले उति ! समाचारको हेडलाइनाँ उनीहरु ठूला समाजसेवी, दानी, मानी, ज्ञानी । अब सक्कियो भूकम्पाँ उता एउटा गरिब आयो आाफ्नो गोजियाँ हात हाल्यो, भरेको खÞर्च टार्ने, भात भान्साको जोहो गर्ने । जति छ, त्यती चन्दा बाक्साँ चुपचाप छिरायो । भूकम्पले थिचिएको चिच्याइरहेको चित्कार उसको कानाँ पुग्यो । उसको मन दुख्यो उसको मुटु हल्यो ऊ दगुर्दै त्यहाँ पुग्यो र एकपछि अर्को बचाउन थाल्यो । ऊ उद्धाराँ जुट्यो । ऊ त्यहाँ खुद्दार भयो । हल्ला नगरीकन, भगवानको मना ऊ बस्यो । स्वर्गा लिस्नो उसले कस्यो ।

अर्को दुःखीले चेप्पिएकाको चित्कार बुझ्यो दगु¥र्यो, अर्कोलाई बचाउन पुग्यो । उनलाई न त ओठाँ हाँसो छ न फोटो सेसन, न त उनलाई चाहिन्छ नै फेसन ! न त टिभी न रेडियो न त पत्रपत्रिका किनकि उनको आँखाभरि आँशु छ । मनभरि वेदना । उनको शरीरभरि सबैतिरको चित्कार्को आवाजले हल्लाइरहेको छ र हतार–हतार उद्धारमा जुटिरहेका छन् । भगवानको रूपा, औतार बनेर अडिन्छन् ।

भूकम्प आयो न त भूकम्पले पार्टी हे¥यो, न त उसले जातजाति नै न त उ उसले पहाड भन्यो, न त उसले हिमाल नै न त उसले तराई भन्यो न त उसले मेची र काली नै । बस् ऊ त चुपचाप आयो सबैलाई बराबरी हानेरै गयो । आज एक ठाउँमा हान्यो त भोलि अर्को ठाँउमा हान्न तयार छ र हान्छ पनि, तर उद्धार टोली जुट्यो यो फलाना पार्टीको, यो फलानो वासीको यो पहाडको, त्यो तराईको, त्यो हिमालको भित्र सबै ठाउँको च्यापिरहेको छ । भित्र कालसँग जुधिरहेको छ ! गुहार–गुहार भन्ने आवाज उसले सबैलाई पुकार्दै छ ! जहाँ दुःख पर्छ न त जातिको कुरा आउँछ ! न त पार्टीको कुरा आउँछ, न त धर्मको ऊ त सबैको हुन्छ मानव सबैभन्दा माथि मानवता ! त्यसपछि देवता ! चाँडो सल्टियोस् भूकम्पपीडितको व्यथा ! नराम्रो नभनुन् संसारबाट सबैले हेर्दा समाजसेवी, नेता धार्मिक र सरकाराँ बस्नेको मनाँ सँदैव हुनुपर्छ मानवता । त्यसपछि हुन्छन् महानता ! कालन्तराँ तिनै हुन्छन् देवता । त्यो त कर्मले अर्छ ।

जेहोस् भूकम्पपीडितको चाँडो होस् व्यवस्था, जदौ ।

Check Also

यसरी जोडिन सक्छ अमेरिकी डायस्पोरा

गैरआवासीय नेपाली संघ, अमेरिकाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनको निर्वाचन मिति सार्वजनिक भएसँगै नेपाली …

Leave a Reply

Your email address will not be published. Required fields are marked *