Home / News / प्रवास / सामुदायिक भवनका लागि महापुराण

सामुदायिक भवनका लागि महापुराण

बोष्टन । सामुदायिक भवन निर्माणार्थ बोष्टनमा श्रीमद् भागवत सप्ताह महापुराण तथा धार्मिक महोत्सव हुने भएको छ । आउँदो अगष्ट ८ देखि १४ सम्म हुने महापुराणमा वाचनशिरोमणी पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्नेछन् । बोष्टन क्षेत्र वरपर बस्ने सम्पूर्ण नेपालीका लागि साझा सामुदायिक भवन बनाउन आर्थिक संकलन गर्न महापुराण गर्न लागिएको जनाउँदै मूल आयोजक समितिका संयोजक सुशील पौडेलले सबैको साथ र सहयोगले मात्रै यो सम्भव रहेको बताए ।

करिब ८ देखि १० लाख डलर खर्च अनुमान गरिएको सामुदायिक भवन निर्माणका लागि हालसम्म झण्डै २ लाख डलर संकलन भएको छ । महापुराणबाट झण्डै १५ लाख डलरसम्म संकलन गर्ने लक्ष्य आयोजकको रहेको छ । सामुदायिक भवनमा पशुपतिनाथको मन्दिर र बौद्ध स्तुपा पनि राखिने आयोजकको सोंच रहेको छ ।

पण्डित पोखरेलले स्वदेश तथा विदेशमा महायज्ञमार्फत विभिन्न सामाजिक कार्यका लागि आर्थिक सहयोग जुटाउने कार्यमा भूमिका खेल्दै आएका छन् । प्रवासमा नेपाली सामुदायिक भवन बनाउने पुण्य काममा आफू जोडिन पाएकोमा खुसी व्यक्त गर्दै पण्डित पोखरेलले यस अभियानमा सहयोग गर्न सबैमा आग्रहसमेत गरेका छन् ।

Check Also

एनआरएनए आइसिसी अध्यक्ष घलेद्धारा महासचिव केसीले काटेको पत्रलाई अमान्य घोषित

न्युयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचान सम्वन्धी बढ्दो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *