Home / News / मनोरञ्जन / कोलोराडोमा खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड हुने

कोलोराडोमा खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड हुने

काठमार्डौं । खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडोमा आयोजना हुने भएको छ । कोलोराडोको डेन्बर सिटीमा अगष्ट १९ तारिखका दिन हुने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिएका छन् । नेपाली सिनेमाको विकासमा एउटा नयाँ आयाम थप्ने उद्देश्यले नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बीआरटी नेपाल डटकमको आयोजनामा गतवर्ष ग्लोबल नेपाली फिल्म अवार्ड भएको थियो । त्यसैको दोस्रो संस्करणका रुपमा यो वर्ष कोलोराडोमा हुन लागेको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अध्यक्ष मल्लले अवार्डको विधालाई फराकिलो बनाउँदै यो वर्ष २० विधामा अवार्ड प्रदान गरिन लागेको बताए । यो वर्षबाट भुटानी समुदायबाट पनि एक कलाकारलाई अवार्ड प्रदान गरिने उनले जानकारी दिए ।

कोलारोडोकै खुम्बु खोल्च प्रायोजक रहेको बताइएको कार्यक्रममा प्रायोजकका तर्फबाट खुम्बु खोल्चका अध्यक्ष लाक्पा शेर्पाले आफू २० वर्षअघि स्टुडेन्ट भिसामा अमेरिका पुगेको र व्यवसायी बनेको बताउँदै अमेरिकाको कोलोराडो अमेरिकाको सोलुखुम्बु जस्तै हिमाली क्षेत्र भएकाले यो स्थानमा नेपाली फिल्म अवार्ड कार्यक्रम हुनाले नेपालको पर्यटन प्रवद्र्धनमा अत्यन्त सहयोगी भूमिका खेल्ने दाबी गरे ।

अवार्डको सहप्रायोजक सिटौला ब्रदर्सको रोयल नेपाल रेष्टुरेन्ट, यती टेक्नोलोजी टेक्सास, नेपालीद्वारा सञ्चालित पलम्बिक सेवा र सगुन समूह रहेको छ । आयोजकका तर्फबाट कलाकार नवराज श्रेष्ठले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नु रहेको बताए । आगामी वर्ष यो अवार्ड अष्ट्रेलियामा हुने तय पनि भइसकेको जानकारी कार्यक्रममा श्रेष्ठले दिएका छन् ।

अभिनेता सुनिल थापाले आफू गतवर्ष अमेरिकाको कोलोराडोमा नै भएको ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागिता जनाउँदा अत्यन्त गर्व लागेको र निकै सकारात्मक कार्य भएको दाबी गरेका छन् । गतवर्ष यस अवार्ड कार्यक्रमका लागि नेपालबाट गएका कोही पनि कलाकार अमेरिकामा नलुकेको तथा सम्मानजनकरुपमा नेपाल फर्केर यस अवार्डको गरिमा बढाएको दाबी पनि अभिनेता थापाले गरेका छन् । हाँस्य अभिनेत्री बसुन्धरा भुसालले भने आफू गतवर्षको अवार्डमा कोलोराडोमा मज्जाले नाचेको अझै सम्झना आइरहेको बताइन् ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष सन्दीप सापकोटा र चलचित्र विकास बोर्डको प्रतिनिधित्व गरेर चलचित्र पत्रकार अशोक प्यासी राईले शुभकामना दिएका थिए । ग्लोबल नेपाली फिल्म अवार्डका संयोजक शैलेश पोखरेल रहेका छन् ।

अमेरिका आयोजक टिममा राजु सिटौला, पदम विश्वकर्मा, बासु खनाल र जोशन श्रेष्ठ रहेका छन् । त्यसैगरी नेपालको आयोजक कमिटीमा अध्यक्ष कृष्ण मल्ल, आयोजना व्यवस्थापक समिति अध्यक्ष मधुकुमार श्रेष्ठ रहेको पनि जनाइएको छ । आयोजक व्यवस्थापन समिति सदस्यहरुमा एसके श्रेष्ठ, सुभाष थापा, भास्कर श्रेष्ठ, चेतबहादुर राजा, सुनिल कटुवाल र राजु बिसुराल छन् । कार्यक्रम सल्लाहकारमा बसुन्धरा भुसाल, शिव श्रेष्ठ, भुवन केसी, शम्भुजीत बास्कोटा, सुनिल थापा र रामकेशर बोगटी रहेको पनि आयोजकले जानकारी दिएको छ ।

Check Also

विशेषता बनिन् लिटिल मिस प्लानेट

टर्कीको बोड्रम शहरमा आयोजित बालबालिकाहरुसँँग सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा मापन प्रतियोगिता ‘लिटिल मिस एण्ड …

Leave a Reply

Your email address will not be published. Required fields are marked *