Home / News / विचार / अनधीकृत रूपमा बसे ग्रीनकार्ड लिन समस्या

अनधीकृत रूपमा बसे ग्रीनकार्ड लिन समस्या

विनोद रोका

अमेरिकामा बसेर ग्रीनकार्ड पाउनका लागि विदेशीले अपवादबाहेकको अवस्थामा आफ्नो नन इमिग्रान्ट स्टाटसलाई कायम राख्नु पर्दछ । अर्थात् ग्रीनकार्डको निवेदन दिने बेलामा विदेशी व्यक्ति स्टाटसमा छैन भने ग्रीनकार्डको निवेदन बदर हुन्छ । त्यसैगरी ग्रीनकार्ड दिँदाको अवस्थामा स्टाटस थियो, तर कारणबश ग्रीनकार्डको निवेदन स्वीकृत भएन भने त्यसपछिको अवस्थामा स्टाटस रहँदैन । तसर्थ विदेशीले आफ्नो एचएन बी, एल–१ जस्ता स्टाटसलाई ग्रीनकार्डको निवेदन दिए पनि स्वीकृत नभएसम्म बचाएर राख्ने गर्दछन् ।

अमेरिकामा अनधीकृत रुपबाट बसेका अर्थात् ‘अनलफुल स्टाटस’ भनेर चिनिने विदेशीहरुमा अमेरिकामा कुनै भिसामा आएका तर भिसाको म्यादभन्दा बढी समयसम्म बसेका र अमेरिकामा अनधिकृत रुपबाट आएर बसोबास गरिरहेका विदेशीहरु पर्दछन् । अमेरिकामा कानुनबमोजिमको स्टाटस रहेका विदेशीहरुमा ग्रीनकार्ड भएका, ननइमिग्रान्ट, एजाइली, रिफ्युजी, पेरोली, टीपीएस पाएका विदेशी आदि पर्दछन् । सामान्यतया विदेशीको स्टाटस समाप्त हुने अवस्था पर्ने भनेको भिसाको म्याद सकिएपछि, दिएको भिसा रद्द गरिएपछि, अमेरिकामा अनधिकृत रुपबाट प्रवेश गरेको दिनदेखि, भिसामा आएको व्यक्तिले अमेरिकामा आएर भिसाको नियमविपरीतका कार्य गरेको दिनदेखि । जस्तो कि बी १, बी २, एफ १ आदि भिसा भएका व्यक्तिले पारिश्रमिक लिने काम गरेमा भिसा स्वतः बदर हुन्छ । यद्यपि, भिसामा लेखिएको म्याद अझ बाँकी रहेको हुन्छ ।

विदेशी व्यक्तिको अनधिकृत स्टाटस समाप्त हुने अवस्था भनेको या त निजले अमेरिकामा ग्रीनकार्ड लिएको दिन वा अमेरिका छाडेर गएको दिन हो । कुनै विदेशी अमेरिकामा १ सय ८० दिनदेखि १ वर्षसम्म अनधिकृत रुपबाट बसेर आफ्नो देशमा फर्किएको भए ३ वर्षसम्म र १ वर्षदेखि माथि अनधिकृत रुपबाट अमेरिका बसेर गएको भए १० वर्षसम्म अमेरिकामा आउन नपाउने बात लाग्दछ । अमेरिकाबाट डिपोर्टेशन भई आफ्नो देशमा गएका विदेशीहरुको हकमा पनि सामान्यतया यदि १० वर्षको बात लाग्दछ । तर, १ सय ८० दिनभन्दा कम समयसम्म अनधिकृत रुपबाट अर्थात् ओभर स्टे भएर अमेरिका छोडेको अवस्थामा भने यो बात लाग्दैन ।

विदेशी व्यक्तिले अमेरिकामा रहँदाको अवस्थामा आफ्नो नन इमिग्रान्ट स्टाटसलाई समयमै परिवर्तन गरिपाऊँ वा आफ्नो भिसाको म्याद बढाई पाऊँ भनी निवेदन दिएको अवस्थामा पनि कानुनन स्टाटस रहँदैन, यदि दिएको निवेदन स्वीकृत हुनुअगाडि नै व्यक्तिको भिसाको म्याद सकियो भने । तर यस्तो निवेदन विचाराधिन रहेको अवस्थामा त्यस्तो व्यक्तिका स्टे भने अथराइज्ड अर्थात् बस्ने अनुमती भने रहन्छ । दिएको निवेदन स्वीकृत भयो भने व्यक्तिको स्टाटसले निरन्तरता पाउँछ । कथम्कदाचित दिएको निवेदन स्वीकृत भएन भने अध्यागमन विभागले देश निकालाको मुद्दा दायर गर्न सक्दछ ।

व्यक्तिले अमेरिकामा ननइमिग्रान्ट स्टाटसबाट अमेरिकामै बसी ग्रीनकार्ड लिनु पर्दा आफ्नो स्टाटसलाई बचाइ राख्नुपर्दछ, यदि अपवादका नियमहरुले आफूलाई मद्दत गर्दैैन भने । यस्तो अपवादको अवस्थामा भनेको भिसामा आएका व्यक्तिका अमेरिकामा नजिकका उमेर पुगेका अमेरिकी नागरिक नातेदार जस्तो छोराछोरी, आमाबाबा, भावा निवेदक, आदि पर्दछन् । तसर्थ आफ्नो स्टाटसलाई नियमित गराउनका लागि अनुभवी इमिग्रेसन वकिलसँग सम्पर्क राख्नु उचित हुन्छ ।

(प्रस्तुत लेख तपार्इंको जानकारीका लागि मात्र तयार पारिएको हो कानुनी परामर्शका लागि होइन । तपाईंको अमेरिकी अध्यागमन र न्यूयोर्क राज्यको कानुनसम्बन्धी कुनै समस्या भए कानुनी सल्लाहका लागि रोकालाई उहाँको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com/www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ।)

Check Also

नेजाप्रतिको अपेक्षामा ११औं साधारणसभा

पछिल्लो वर्ष अमेरिकाको सुन्दर शहर लस एन्जलसमा नेजाको पाँचौं अधिवेशन सम्पन्न भएको थियो । उक्त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *