Home / News / प्रवास / ज्याक्सन हाइट्सबासीद्वारा रेल्वे सेवाविरुद्ध मुद्दा

ज्याक्सन हाइट्सबासीद्वारा रेल्वे सेवाविरुद्ध मुद्दा

तस्वीरः कुइन्स गजेट

न्यूयोर्क । ज्याक्सन हाइट्सबासीले विषादीयुक्त सिसाको जोखिम रहेको भन्दै न्यूयोर्कस्थित रेल सेवा (एमटीए)विरुद्ध मुद्दा दायर गरेको छ । गत मे महिनाको २२ तारिख सोमबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय समुदायका अगुवा काउन्सिलम्यान डेनियल ड्रमको नेतृत्वमा रेलसेवाविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिइयो ।

रुजबेल्ट एभिन्यू ७४ र ७५ स्ट्रिटको बीचमा पर्ने डङ्किन डुनोट्स अगाडि बिहान ९ः३० बजे आयोजित पत्रकार सम्मेलनमा ज्याक्सन हाइट्समा विषादीयुक्त सिसाका कारण जनस्वास्थ्यमा क्षति पु¥याएको भन्दै रेलसेवाविरुद्ध मुद्दा दायर गरिएको जानकारी गराए ।

सडक माथिबाट गुड्ने ७ नम्बर रेल सेवाका कारण ज्याक्सन हाइट्सका बासिन्दा र घरधनीहरु माथिबाट खस्ने सिसायुक्त विषादी, अन्य टुक्राहरु, खियाको धुलो र परेवाको बिष्टले पीडित भएका कारण मुद्दा दायर गरिएको पत्रकार सम्मेलनमा बताइयो । एक दशकदेखि एउटै संरचनामा रेल कुदाएर कुनै मर्मतसम्भार नगरेको समेत रेलसेवामाथि आरोप लगाइएको छ ।

‘तथ्य स्पष्ट नै छ, ७ ट्रेनबाट खस्ने पेन्टमा मिसिएको सिसाको लेबल हुनुपर्नेभन्दा ४० गुणा बढी छ । रेलसेवा वर्षौंदेखि यो कुरामा जानकार हुँदाहुँदै थाहा नपाएझैं बसेको छ’, काउन्सिलम्यान ड्रमले भने । समुदायका विषयमा प्रतिनिधित्व गरिरहेका कानून व्यवसायी केट फोरनले भने– ‘उनीहरुले राज्य र केन्द्र दुवैको कानून मिचिरहेका छन् ।’

Check Also

एनआरएनए आइसिसी अध्यक्ष घलेद्धारा महासचिव केसीले काटेको पत्रलाई अमान्य घोषित

न्युयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचान सम्वन्धी बढ्दो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *