Home / News / प्रवास / शेर्पा किदुकको नेतृत्वमा वितरण भइरहेछ सरकारी परिचयपत्र

शेर्पा किदुकको नेतृत्वमा वितरण भइरहेछ सरकारी परिचयपत्र

न्यूयोर्क । आईडी एनवाईसी नामक परिचयपत्र वितरण कार्यक्रमको एक हप्ता लामो शिविर स्थानीय शेर्पा किदुकको नेतृत्वमा न्यूयोर्कमा सञ्चालन भइरहेको छ । पहिलो पटक नेपाली र तिब्बतियन भाषालाई आईडी एनवाईसी प्राप्त गर्ने आवेदन फारममा नै आधिकारिकता प्रदान गरेको न्यूयोर्क सिटीले न्यूयोर्कस्थित अग्रणी संस्था शेर्पा किदुकको ज्याक्सन हाइट्सस्थित केन्द्रमा शिविर नै स्थापना गरेर आगामी ८ तारिखसम्म आईडी वितरण गर्नेछ ।

गत मे ३१ तारिख काउन्सिलम्यान डेनियल ड्रमको प्रमुख आतिथ्यमा नेपाली तथा तिब्बतियन भाषीलाई लक्षित गर्दै शुरु गरिएको आईडी वितरण शुभारम्भमा न्यूयोर्क सिटीका तर्फबाट कुइन्स कम्युनिटी डाइरेक्टर निक गलोटाको उपस्थिति रहेको थियो । सन् १९९६ मा स्थापित न्यूयोर्कस्थित शेर्पा किदुकका अध्यक्ष उर्गेन शेर्पाले भने– ‘पहिलो पटक सरकारले आईडी एनवाईसीको आवेदन फारम हाम्रो सुविधाका लागि नेपाली र तिब्बतियन भाषामा उपलब्ध गराएको छ । त्यो हाम्रो लागि ठूलो उपलब्धि हो ।’ अध्यक्ष शेर्पाले न्यूयोर्कमा नेपाली समुदायको पहिचानको सकारात्मक पाटो भएको बताए । एक हप्तासम्म चल्ने आईडी वितरणबाट सोमबार मे ५ सम्ममा झण्डै १ सय ६० जनाले आईडीका लागि निवेदन दिएर दैलोमै सुविधा प्राप्त गरेका छन् ।

अमेरिका बसोबासको आधिकारिक कागजात भएका र नभएका सबै न्यूयोर्कबासीले प्राप्त गर्न सकिने आईडी एनवाईसी लिएकाहरुले थुप्रै सुविधा पाउनेछन् । उक्त आईडी देखाउँदा न्यूयोर्कस्थित सिनेमा घर, चिडियाघर, म्युजियमलगायतका थुप्रै स्थानमा भारी छुट पाउने सरकारी व्यवस्था छ ।

Check Also

एनआरएनए आइसिसी अध्यक्ष घलेद्धारा महासचिव केसीले काटेको पत्रलाई अमान्य घोषित

न्युयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचान सम्वन्धी बढ्दो …

Leave a Reply

Your email address will not be published. Required fields are marked *