Home / News / अमेरिकामा वकिलसँग परामर्श / वकिलसँग कानुनका कुरा

वकिलसँग कानुनका कुरा

रमेश श्रेष्

एउटी अमेरिकी महिलासँग दोस्ती बढ्दै गएपछि रोमान्टिक सम्बन्ध कायम हुन गयो। त्यसपछि उनले मलाई के–१ फियान्सी भिसामा अमेरिका लिएर आइन्। यहाँ आएपछि पनि हाम्रो सम्बन्ध ठीक नै रहन गएको छ। आएको डेढ महिना भइसक्यो। उनी विवाह गर्न तयारी नै छिन्। ९० दिनभित्रमा विवाह गर्नुपर्ने नियम पनि हामी दुवैलाई थाहा छ। तर, मलाई विवाह बन्धनमा बाँधिन हिच्किचाहट भइरहेको छ। नेपालमा मैले धेरै सामाजिक कार्य र बहुप्रतिभाशाली कार्य गरेका प्रमाणहरु मसँग प्रशस्त छ। साथीहरुको सल्लाहअनुसार एक्स्ट्रा अर्डिनरीको पेटिसनद्वारा ग्रीनकार्ड बनाउन सकिन्छ भनेर सल्लाह पाएको छु। तर, यस माध्यमबाट पनि ग्रीनकार्ड पाउने ग्यारेन्टी छैन भन्ने सुनेको छु। जे भए तापनि एक्स्ट्रा अर्डिनरीको नै निवेदन पेश गरौं कि भन्ने विचार गरेको छु। विश्वसन्देशको वकिलसँग कानूनका कुरा भन्ने स्तम्भमार्फत लाभदायी कानूनी सल्लाह रमेश श्रेष्ठ एटर्नीबाट सरल भाषामा प्राप्त हुने थाहा पाएकाले अब मेरो यो अवस्थामा के गर्दा राम्रो हुन सक्छ होला? उत्तरको आशामा।

– निर्मल, टेक्सस

विश्वसन्देशको कानूनी स्तम्भको पाठक हुनुभएकोमा र आफ्नो प्रश्न पत्रिकामार्फत राख्नुभएकोमा धन्यवाद दिन चाहन्छु ।

अमेरिकी अध्यागमन कानूनअनुसार अमेरिकाको स्थायी बसोबासको कागज अर्थात् ग्रीनकार्ड पाउने विभिन्न माध्यम वा आधारहरुमा फेमिली बेस्ड पेटिसन (पारिवारिक सम्बन्धको आधार)द्वारा पनि ग्रीनकार्ड प्राप्त गरी अमेरिकामा काम गर्न र स्थायीरुपमा बसोबास गर्ने र भविष्यमा अमेरिकाको नागरिकता पनि प्राप्त गर्न सकिने व्यवस्था छ । के–१ भिसा अमेरिकी नागरिकले विदेशी नागरिकसँग कम्तीमा २ वर्षसम्म गर्ल÷ब्वाईफ्रेन्डका रुपमा सम्बन्ध कायम रहेको र उक्त विदेशी नागरिकसँग भविष्यमा वैवाहिक सम्बन्ध कायम गर्ने उद्देश्य राखी फियान्स के–१ भिसामा ल्याउनलाई पेटिसन गर्न सकिने प्रावधान छ । के–१ भिसामा आएपछि उक्त विदेशी नागरिकले ९० दिनभित्र अमेरिकामा उक्त पेटिसन गर्ने अमेरिकी नागरिकसँग अनिवार्यरुपमा विवाह दर्ता गर्नुपर्ने हुन्छ । यदि विवाह दर्ता ९० दिनको म्यादभित्र नगरेमा उसको भिसा स्टाटस अवैध वा इलिगल हुनेछ र त्यसको आधारमा भविष्यमा ग्रीनकार्ड प्राप्त गर्न नसकिने हुन्छ ।

साथै, के–१ भिसामा अमेरिका आउने विदेशी नागरिकले उक्त पेटिसनरसँग विवाह गरी ग्रीनकार्ड प्राप्त गर्नेबाहेक अन्य तरिकाहरुबाट ग्रीनकार्ड प्राप्त गर्न अयोग्य हुनेछ । तपाईंको प्रश्नको उत्तरमा तपाईं एक्स्ट्रा अर्डिनरी अथवा ईबी–१ भिसाका लागि योग्य भए तापनि तपाईं के–१ भिसामा अमेरिका प्रवेश गर्नुभएकोले आई–१४० पेटिसन एप्रुभ भए पनि तपाईंको आई–४८५ एप्लिकेसन अर्थात् ग्रीनकार्डको निवेदन स्वीकृत हुने छैन । कारण के–१ भिसामा अमेरिकामा प्रवेश गर्ने व्यक्तिले अन्य भिसा पेटिसनहरुको आधारमा ग्रीनकार्ड प्राप्त गर्न कानूनीरुपबाट अयोग्य हुने भएकाले उक्त आई–४८५ एप्लिकेसन अस्वीकृत हुनेछ । त्यसैले तपाईंले आफू आएको ९० दिनभित्रमा तपाईंको के–१ पेटिसनरसँग विवाह गरी सोही माध्यमबाट ग्रीनकार्ड प्राप्त गर्नु बेस हुनेछ ।

Check Also

वकिलसँग कानुनका कुरा

मैले युएससीआईएसमा एसाइलमको निवेदन गरेको थिएँ। मेरो विवाहपछि श्रीमान्को युएस सिटिजनसिप प्राप्त भएकाले उहाँसँगै फेमिली …

Leave a Reply

Your email address will not be published. Required fields are marked *