Home / News / अन्तर्राष्ट्रिय / पटाका कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

पटाका कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु

जेठ २४ । भारतको एउटा पटाका कारखानामा विनाशकारी विस्फोटनपछि भएको आगलागीमा परी कम्तीमा १२ जना कामदारको मृत्यु भएको छ ।

बुधबार भएको आगलागीमा जलेर अरू केही घाइते भएको र घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उदृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतको मध्य भागमा पर्ने मध्य प्रदेशको बालाघाटमा रहेको कारखानामा घटना भएको ती सञ्चार माध्यमहरूले जनाएका छन् ।

आगलागी भएको झन्डै दुई घण्टापछि मात्रै आगलागी नियन्त्रण भएको थियो । “विस्फोटनको कारणका बारेमा अहिलेसम्म केही स्पष्ट हुन सकेको छैन,’स्थानीय एक प्रशासक भरत यादवले भने ।

उनले त्यहाँ कुनै सुरक्षात्मक वा व्यक्तिगत त्रुटि भएको हुनसक्ने अनुमान गरिएको बताउँदै घटनाका बारेमा छानबिन सुरु गरिसकिएको जानकारी दिए ।
भारतमा कार्यस्थलमा यस्ता दुर्घटनाहरू धेरै नै हुने गरेको छ । सुरक्षाको दृष्टीकोणले पर्याप्त सतर्कता नअपनाइएकाले यस्ता दुर्घटनाहरू बेलाबेलामा हुने गरेको बताइएको छ ।

Check Also

संस्कार सिक्दै बालबालिका

डलास, टेक्सस । टेक्सस, डलासका वर्ष ११ की शिर्यम जोशी आजकल नेपालमा रहनुभएका आफ्ना हजुरबुबा, …

Leave a Reply

Your email address will not be published. Required fields are marked *