Home / News / अर्थ / राजस्व विभागका निलम्बित महानिर्देशक शर्मामाथि अनुसन्धान गर्न छदिन म्याद थप

राजस्व विभागका निलम्बित महानिर्देशक शर्मामाथि अनुसन्धान गर्न छदिन म्याद थप

जेठ २६। विशेष अदालतले कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप अनुसन्धानका लागि छ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ ।

भ्रष्टाचारका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा यही जेठ १९ गते पक्राउ परेका शर्मालाई आयोगले भ्रष्टाचार अभियोगमा अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदनअनुुसार न्यायाधीशद्वय मोहनरमण भट्टराई र नरेन्द्र शिवाकोटीको संयुक्त इजलासले आज छ दिनको म्याद थप गरेको हो ।

यही जेठ २१ गते आइतबार शर्मालाई सातदिन थुनामा राख्न अनुमति दिएको थियोे । आयोगले कर निर्धारणका विषयमा छलफल गर्न गत शुक्रबार महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएकोमा पक्राउ गरी हिरासतमा राखेको थियो ।

Check Also

मोरङमा काँग्रेस उम्मेदवारको निधन

असार ८ । मोरङको लेटाङ नगरपालिका वडा नं ६ मा नेपाली काँग्रेसबाट खुल्ला सदस्यको उम्मेदवार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *