Home / News / समाचार / राजपाद्वारा नियन्त्रणमा लिइएका ५५ जना मतदान अधिकृत मुक्त

राजपाद्वारा नियन्त्रणमा लिइएका ५५ जना मतदान अधिकृत मुक्त

जेठ ३१ । संविधान संशोधन लगायतको माग गर्दै आन्दोलनमा उत्रिएका राष्ट्रिय जनता पार्टी राजपा नेपालका कार्यकर्ताले निर्वाचनका लागि सप्तरीमा खटिएका करिब ५५ जना मतदान अधिकृतलाई आज नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिइएको करिव डेढ घण्टापछि प्रमुख जिल्ला अधिकारीको पहलमा उनीहरुलाई मुक्त गरिएको हो ।

यही आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहकोे निर्वाचनका लागि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मतदाता निर्वाचन सम्बन्धी तालिममा सहभागी हुन गएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई राजपाले नियन्त्रणमा लिएको राजपाका महासचिव गजेन्द्र मण्डल अनुरागले बताए ।
बिहान १० बजेअघि नै तालिमस्थल पुगेका राजपाको कार्यकर्ताले क्याम्पस प्रवेशद्वारमै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई नियन्त्रणमा लिएका थिए । उनीहरुलाई महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस परिसरमै राखिएको थियो ।
आन्दोलनरत राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले निर्वाचन अधिकृतको तालिमस्थल समेत घेराउ गरी धर्नामा बसेका थिए ।

Check Also

प्रधानमन्त्री देउवाको भारत भ्रमण भदौमा

साउन ११ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *